back
NMB ad

रकम लुटेको आशङ्कामा दुई पक्राउ

Kumari bank ad

धनगढी । धनगढीको पुरानो भन्सार रोडमा रहेको एनसिसी बैंक नजिकको चोकबाट आज गोली चलाई रु नौ लाख लुटिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले घटनामा संलग्न भएको शंका लागेर गोदावरी नगरपालिकाको गेटाबाट दुई जनालाई रु नौ लाखसहित पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । आज कार्यालय समय शुरु भएलगत्तै उक्त बैंकबाट रु नौ लाख झिकेर फर्किंदै गरेका धनगढी उपहानगरपालिका–२का निर्मल कार्कीमाथि बैंक नजिकैको चोकमा मोटरसाइकलमा आएका दुई अपरिचित गोली चलाउँदै साथमा रहेको रकम लुटेर फरार भएका थिए ।

गोली लागेर घाइते कार्कीका हातबाट एउटा गोली निकालिएको छ । सेती अञ्चल अस्पताल धनगढीमा उपचाररत उहाँको अवस्था खतरामुक्त छ । धनगढीस्थित ग्लोबल आइएमई मनी ट्रान्सफरमा कार्यरत कार्की उक्त बैंकमा रकम झिकेर मनी ट्रान्सफरतर्फ जाँदै गर्दा लुटिनुभएको जनाइएको छ ।

२०७५ जेठ १३ गते प्रकाशित

वि.सं.२०७५ जेठ १३ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:३२

किभ, २७ वैशाख : युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी...

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:१७

वासुदेव पौडेल गण्डकी, २७ वैशाखः कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक...

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०९

काठमाडौं । राइटपाथको आयोजनामा यही बैशाख २९ गतेदेखि जेठ ८...

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०३

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले...

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...