काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार कुल २४ लाख ७४ हजार ८२.७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषको १६ लाख २८ हजार ५८२.७२ कित्ता र पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५०० कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो ।
नागरिक लगानी कोषले गत वैशाख ७ गतेको वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस नेप्सेमा सूचीकरण गराएको हो भने पूर्णिमा विकास बैंकले पनि गत पुस २८ गते वार्षिक साधारण सभा गरी १९.१९ प्रतिशत बोनस सेयर पारित गरेको थियो । सोही बोनस आज नेप्सेमा सूचीकृत भएको हो ।
२०७५ जेठ १३ गते प्रकाशित
वि.सं.२०७५ जेठ १३ आइतवार १७:०० मा प्रकाशित