back
NMB ad

सरकारले कम्प्युटर अपरटेर पद खारेज गर्ने , नयाँ भर्ना पनि नलिने

Kumari bank ad

काठमाडौं । सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ । हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छन् । ती पदहरुमा सरकारले लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ ।

तर, संघीय निजामती सेवा ऐन लागू भएपछि ती पदहरुमा विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा लेखिएको छ, ‘नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन । त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुनेछन् ।’

हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको निजामती किताबखानामा अभिलेख छ । ती कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछन् । उनीहरुले सेवा परिवर्तन गर्न भने पाउने छन् ।

किन हुदैछ दरबन्दी खारेज

कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारीहरुले कार्यालयमा टाइपिङ, प्रिन्टिङ, डिजाइनिङ, डकुमेन्टहरु सेटिङ, इन्ट्री लगायत कम्प्युटरबाट हुने कामहरु गर्नुपर्ने जिम्मेवारी हुन्छ ।

पुराना कर्मचारीहरुलाई कम्प्युटर सम्बन्धी ज्ञान नहुने भएकाले कम्प्युटर चलाउन जान्नेहरुलाई नियुक्त गरी कार्यालयको कामकाजलाई सरल, छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यअनुसार कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटरमा कर्मचारीहरु नियुक्त गरिन्छ ।

तर, आजभोलि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीहरुले दैनिक कामकाजमा आउने कम्प्युटरको ज्ञान जानेकै हुनुपर्ने नियम छ । लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्दा कम्प्युटर सम्बन्धी सीप परीक्षण गर्दछ र त्यसमा उतीर्ण भएकालाई योग्यताक्रमअनुसार नियुक्तिको सिफारिस गर्दछ ।

पदपूर्ति गर्दाखेरि नै कम्प्युटर जानेका कर्मचारीहरु छनोट गरिने भएकाले कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा छुट्टै कर्मचारी नचाहिने तर्क सरकारी अधिकारीहरुको छ ।

कम्प्युटर अपरेटर पद विशुद्ध प्राविधिक पद हो । कम्प्युटर चलाउने तरिका उनीहरुलाई थाहा हुन्छ । तर, सरकारी कार्यालयमा प्रशासनिक ज्ञान, निर्णय क्षमता, नेतृत्व क्षमता आदि चाहिन्छ जुन कम्प्युटर अपरेटर पदको परीक्षाको पाठ्यक्रमभित्र नै पर्दैन ।

त्यसैले प्रशासनिक नेतृत्व उनीहरुले गर्न पाउँदैनन् । उनीहरु आन्तरिक बढुवा हुँदै माथिल्लो पदमा पुग्न सक्छन् । तर, नेतृत्व तहमा पुग्दैनन् । त्यसैले कम्प्युटर अपरेटरमा जागिर खाइरहेका स्थायी कर्मचारीहरुले शैक्षिक योग्यताअनुसार अरु सेवामा प्रतिस्पर्धा गर्न पाउँछन् ।

२०७५ जेठ १८ गते प्रकाशित

वि.सं.२०७५ जेठ १८ शुक्रवार १३:२८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...