back
NMB ad

पोखरा फाइनान्सको ८.२६ प्रतिशत बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

Kumari bank ad

काठमाडौं । पोखरा फाइनान्सको ८.२६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि यो फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १३५.७८ रुपैयाँ कायम भएको छ । आइतबार पोखराको सेयर कारोबार पनि यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १८९.८९ रुपैयाँ छ ।

पोखरा फाइनान्सले असार ५ गते बस्ने वार्षिक साधारण सभामा ८.२६ प्रतिशत बोनस सेयर र ०.४३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि कम्पनीले आइतबारदेखि बुक क्लोज गरेको हो । सभामा संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन पनि हुनेछ ।

फाइनान्सले हाल कायम ७५ करोड ४१ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजीको ८.२६ प्रतिशत बोनस दिन लागेको हो । बोनसपछि पुँजी ८१ करोड ६४ लाख ४९ हजार ३४९ रुपैयाँ पुग्नेछ । कम्पनले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

२०७५ जेठ २७ गते प्रकाशित

वि.सं.२०७५ जेठ २७ आइतवार १३:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...