back
NMB ad

चीन भ्रमणबाट दुई देशबीचको राजनीतिक सम्बन्ध थप सुदृढ : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता, आपसी विश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ ।

चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी आज स्वेदश फर्केपछि त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको खाका तयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइए अनुसार दवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बनधी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।

“समृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ । नेपालको विकास नेपालीले नै गर्ने भएपनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतीहरुको प्रभावकारी कार्यन्वयनमा केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले उपयूक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

२०७५ असार १० गते प्रकाशित 

वि.सं.२०७५ असार १० आइतवार २१:४३ मा प्रकाशित

You can share this post!

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...