back
NMB ad

आन्तरिक राजश्वले बाउन्न फार्मको कारोवार रोक्ने

Kumari bank ad

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ ।

पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताउनुभयो । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

“कारोवार रोक्का गर्न लागेका फार्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका रहेका छन्,” पङज्ञानीले भन्नुभयो । फार्मको कारोवार रोक्का, खाता रोक्का, सरकारी कार्यालयबाट लिनुपर्ने भए सो रकम रोक्कालगायतका काम गर्न लागिएको छ । कार्यालयमा व्यक्तिगत प्यान लिने ३० हजार, मूल्य अभिवृद्धि करमा दर्ता भएका सात हजार र व्यावसायिक प्यान लिने ४४ हजार करदाता छन् । चालू आवमा व्यक्तिगत र व्यावसायिक प्यान लिने संख्या ६ हजार रहेको छ ।

आन्तरिक राजश्व कार्यालयले चालू आवको जेठमा मात्र रु दुई अर्ब ७९ करोड ६१ लाख ४४ हजार राजश्व संकलन गरेको छ । विभागले कार्यालयलाई रु दुई अर्ब १८ करोड ७२ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । लक्ष्य दिएभन्दा रु ६० करोड ८८ लाख ८३ हजार बढी राजश्व संकलन भएको छ ।

कार्यालयले चालू आवको जेठ मसान्तसम्ममा रु १९ अर्ब ४९ करोड ५२ लाख ७७ हजार राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्ममा रु १७ अर्ब ३६ करोड ६६ लाख ३४ हजार राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो । अहिलेसम्म लक्ष्यभन्दा रु दुई अर्ब १२ करोड ८६ लाख ४३ हजार बढी राजश्व संकलन गरिसकेको छ । यस कार्यालयले नवलपुर र चितवन जिल्ला हेर्दै आएको छ ।

२०७५ असार २५ गते प्रकाशित

वि.सं.२०७५ असार २५ सोमवार १२:५३ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...