back
NMB ad

यसरी बनाउँदैछ सञ्चयकोषले पाँचवर्षीय रणनीतिक योजनाको खाका

Kumari bank ad

पोखरा । कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ ।

कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार यहाँ आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता दायरा विस्तार’ विषयको अन्तक्र्रियामा सञ्चयकर्ताको विश्वासलाई अझ प्रगाढ बनाउँदै सेवाको प्रभावकारिता अभिवृद्धिको उद्देश्यका साथ योजनाको खाका तयार गर्न लागिएको जानकारी दिइयो ।

कार्यक्रममा सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतमले सरकारी, सार्वजनिक संस्था, निजी क्षेत्रका साथै स्वरोजगार समेतलाई समेट्ने गरी योजना तयार भइरहेको बताउँदै योगदानमा आधारित निवृत्तिभरण योजना, वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर योजना, योगदानमा आधारित बृहत् सामाजिक सुरक्षा योजनाजस्ता कोषका भावी योजना भएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिंडारीले सञ्चय गरेअनुरुपको उचित प्रतिफलसमेत दिने गरी आगामी कार्ययोजना विस्तार हुनुपर्ने बताउनुभयो ।

सञ्चयकोष पोखरा कार्यालयका प्रमुख दिलीपराज पौडेलले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गरी सामाजिक सुरक्षाको क्षेत्रमा कोषको पहुँच र योगदानमा विस्तार गर्ने कोषको प्रतिबद्धता भएको बताउनुभयो । कोषका नायव मुख्य अधिकृत जीवनकुमार कटुवाल र अर्जुनकुमार गौतमले पाँचवर्षीय रणनीतिले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नाका साथै उक्त संख्यालाई वृद्धि गर्ने उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सञ्चयकर्ताले गर्ने लगानीमा सञ्चयकर्ताप्रतिको जवाफदेहिता आवश्यक हुने धारणा राख्नुभयो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषनायण पौडेल, आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसाललगायतले सञ्चयकर्ता र सञ्चयकोषका कर्मचारीबीच जलविद्युत्लगायत अन्य संघसंस्थामा गरिने लगानीमा विभेद हुन नहुनेमा जोड दिनुभयो । रासस 

२०७५ असार २६ गते प्रकाशित

वि.सं.२०७५ असार २६ मंगलवार ०८:४६ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...