back
NMB ad

पार्टी एकता पुष्पलालको सपनाअनुसार

Kumari bank ad

–शरद शर्मा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस सोमबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । सोमबार बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा स्मृतिसभाको आयोजना गरिएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसोको स्मृतिसभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताको सहभागिता रहनेछ । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

लामो समयदेखि विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीलाई एकिकृत गर्ने लक्ष्यका साथ नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकतापछि यसबर्ष पहिलोपटक संस्थापक महासचिवको स्मृति दिवस मनाउन लागिएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको हो त्यो प्राप्त गर्ने दिशामा आफूहरु अगाडि बढेको बताउनुभयो । “२००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरेर सामन्तवादको अन्त्य गर्ने अभियानको थालनी गर्नुभयो”–नेता श्रेष्ठले भन्नुभयो, “अब हामीले समाजलाई न्याय दिनका लागि समाजवाद ल्याउन जरुरी रहेको छ ।” उहाँले पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको समेत बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्न लागिएको बताउनुभयो । “कम्युनिष्ट पार्टीलाई एक बनाउने अभिप्रायका साथ दुई ठूला पार्टी एक भएका हुन्”–उहाँले भन्नुभयो, “अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा सामेल गर्दै लैजाने छौँ ।”

पुष्पलालले विसं २००६ सालमा स्थापना गर्नु भएको पार्टी नेकपा विभाजित हुँदै पुनः एक भएको छ । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भई नेकपा बनेको छ । नेपालका ठूला कम्युनिष्ट पार्टी एक ठाउँमा आएपछि पुष्पलालको नेपालका कम्युनिष्ट पार्टी एक बनाउने सपना पूरा भएको छ ।

कम्युनिष्ट शक्ति हालसम्म अन्य कम्युनिष्ट पार्टीहरु नेकपा (माले), नेकपा (संयुक्त), नेमकिपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा (माक्र्सवादी), नेकपा (मसाल) लगायत पार्टीका रुपमा अझै विभाजित छ । पुष्पलालले निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र पुष्पलालको भनाइ अनुसार मोतीदेवीसमेत पाँचजना भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो ।

विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँको शवसमेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उहाँले राजनीतिक यात्रा शुरु गर्नुभएको थियो ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् । पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्नुभएको थियो ।

काँग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे समेत उहाँले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गर्नुभएको हो ।

विसं २००५ मा माक्र्स र एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्रको पहिलोपटक उहाँले नेपाली भाषामा अनुवाद गर्नुभयो । पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण गरिएको छ । त्यसको भूमिकामा उहाँले पूँजीवादी पार्टी सम्झौतापरस्त हुनाले प्रजातान्त्रिक क्रान्तिको नेतृत्व श्रमिक वर्गले गर्नुपर्ने र प्रजातन्त्रको चरित्र पनि चीनको जस्तो नयाँ खाले हुनुपर्छ भन्ने स्पष्ट रुपले उल्लेख गर्नुभएको छ । पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नयाँ प्रजातन्त्रको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नुभएको छ ।

नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्नमा उहाँको योगदान रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनका क्रममा पटकपटक कारागार पर्नुभएका उहाँको सैद्धान्तिक दृढता, दूरदर्शीता, सिर्जनशीलता, क्रान्तिकारिता र व्यावहारिक नीति–निर्माणलाई भुल्न सकिँदैन ।

प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका उहाँ विसं २००० मा घरबाट भागेर निस्की पाल्पा र भैरहवा क्षेत्रमा पुगेर राणाशाही विरोधी प्रचारप्रसार गर्नमा जानुभएको थियो । विसं २००७ को जनक्रान्तिमार्फत सामन्तवादको पूर्णउन्मूलन गर्नुपर्ने अभियानमा लाग्नुभएका पुष्पलाल क्रान्तिलाई अधुरै राखी काँग्रेस, राजा, राणा र भारतबीच दिल्ली सम्झौता भएपछि निराश बन्नुभएको थियो ।

विसं २०१५ मा भएको निर्वाचनबाट स्थापित संसद्को हत्या गरिएपछि त्यसको पुनःस्थापनामा लाग्नुभएका पुष्पलाल प्रजातन्त्रवादी र साम्यवादीको संयुक्त जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना गर्न सकिने मान्यता राख्नुहुन्थ्यो ।

संगठन कमजोर भएतापनि राजाको निरंकुशता सामू कहिल्यै नझुक्नु भएका उहाँले विसं २०३३ मा ‘राष्ट्रिय मेलमिलाप नीति’ भन्दै नेपाली काँग्रेसले नेपाल फर्कन आग्रह गर्दा त्यसको विरोध गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालको योगदान अविस्मरणीय छ ।

राष्ट्रिय काँग्रेसमै हँुदा पुष्पलालले माक्र्सवादी साहित्यको अध्ययन थाल्नुभएको थियो । त्यसबेला नै उहाँले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत रुसमा व्यक्ति र समाज’, ‘माक्र्सवाद के हो’, ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी’, ‘गाउँका गरीबलाई अपिल’जस्ता पुस्तक नेपाली भाषामा उल्था गर्नुभएको छ । उहाँका ‘नेपाली इतिहास’, ‘नौलो जनवाद’ लगायत नेकपासम्बन्धी कृति प्रकाशित छन् । रासस

२०७५ साउन ६ गते प्रकाशित

वि.सं.२०७५ साउन ६ आइतवार २०:२३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...