back
NMB ad

“सेतो एप्रोन लगाएर बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताउनुभएको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टीको हेडक्वाटर धुम्बाराहिमा प्रेस चौतारी र प्रेस सेन्टरद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” उहाँले थप्नुभयो “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइँदैन भनेर सबैले बुझ्नु पर्दछ । ”

प्रधानमन्त्रीओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताउनु भएको छ । त्यस्ता कुराहरुलाई विधि सम्मत ढंगले सम्बोधन हुने उहाँले बताउनुभयो ।

सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सूचना प्राप्त भएको हुन सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “सरकारले धेरै राम्रा काम गरेको छ । रेल ल्याउने कुरा गरेको छ । मेलम्चीको पानी चाँडै काठमाडौं आउँदैछ” प्रधानमन्त्री ओलीले भन्ुनभयो “अघिल्लो सरकारले धेरै वेथिती छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ । यो स्थायी सरकार हो । पाँचमहिनामा नै आतिनु पर्ने केही छैन ।” सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भिर भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुनमनाउननदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताउनुभयो । “हामी हनिमुन मनाउन आएका होइनौं । काम गर्न आएका हौं ।” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुनप¥यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले काँग्रेसलाई अपदस्थ ग¥यौं ।”

प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताउनुभएको छ । “उनीहरुलाई छटपटी भएको छ, जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए । जसले मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यस कारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले काँँग्रेसलाई प्रश्न गर्नुभएको छ “काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओढेर बोलेको छ ।” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

२०७५ साउन ८ गते प्रकाशित

वि.सं.२०७५ साउन ८ मंगलवार १५:०४ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...