back
NMB ad

प्रगतिनगर खानेपानीमा खिमानन्द भुसाल प्यानल विजयी

Kumari bank ad

कावासोती । प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा खिमानन्द भुसालको प्यानल विजयी भएको छ ।
तीन बर्षे कार्यकालका लागि खानेपानी संस्थामा राजनैतिक दलहरुले आ आफ्नो प्यानल खडा गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका खिमानन्द भुसाल नेपाली काँग्रेस पार्टीका उम्मेदवार ढाकाराम भट्टराई भन्दा ८७ मत धेरै ल्याएर विजयी हुनु भएको हो । भुसालले एक हजार तीन सय ८० र भ्टराईले एक हजार दुई ९३ मत ल्याउनु भएको थियो ।

भुसाल प्यानलका सचिवमा इन्द्रमणी भुसाल विजयी भएका छन् । अर्का उम्मेदवार गोबिन्द खनाल भन्दा ३९ मत बढी ल्याएर इन्द्रमणी भुसाल विजयी भएका हुन् । भुसाल प्यानलले नौ वटा ब्लक मध्ये पाँच वडा ब्लकमा विजयी हासिल गरेको छ । भने भट्टराई प्यानलले चारवटा ब्लकमा विजयी हासिल गरेको छ । साविक प्रगतिनगर गाविसका नौ वडालाई अहिले ब्लक मानिएको हो । निर्वाचन समितिका संयोजक होमनाथ जैसीका अनुसार ब्लक नम्बर १ मा कृष्णबहादुर थापा , ब्लक नं. २ मा टोपप्रसाद न्यौपाने, ब्लक नं. ३ मा लिलादेवी शर्मा, ब्लक नं. ४ मा रुक्मागत भुसाल , ब्लक नं. ५ मा यमबहादुर थापा, ब्लक नं. ६ मा सावित्री तिमिल्सेना, ब्लक नं. ७ मा कृष्णबहादुर चपाई,ब्लक नं. ८ मा टुपेन्द्र लामा र ब्लक नं. ९ मा विना वराल मगर र लेखा समितिको संयोजकमा मथुराप्रसाद श्रेष्ठ , सदस्यहरुमा लक्ष्मी तिवारी र अनिता मिश्र बस्याल निर्वाचित हुनुभएको हो ।

ब्लक नम्बर २,४,५,८ र ९ ब्लकमा भुसाल र १,३,६,७ र लेखा संयोजकमाा भट्टराई प्यानलका उम्मेदवारहरु विजयी भएका हुन् । शनिवार भएको निर्वाचनको मत परिणाम आइतबार विहान सार्वजनिक गरिएको हो ।

वि.सं.२०७५ साउन २२ मंगलवार ०९:४७ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...