back
NMB ad

समाचार प्रभाब : बिनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको कक्षा बन्द !

Kumari bank ad

भबिश्वर पाण्डे

कावासोती । उद्योगपति बिनोद चौधरीले अबैधरुपमा सञ्चालन गरेको कक्षा बन्द हुने भएको छ । चौधरीले सञ्चालन गरेको बैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती भाएको भन्दा पनि माथिलो कक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी बर्दघाट सुस्ता पूर्बले तत्काल उक्त्त कक्षा बन्द गर्न निर्देशन दिएको हो । बिभिन्न समाचार माध्यममा कानुन, धज्जी उडाउदै बिनोद चौधरी भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी (बर्दघाट सुस्ता )पूर्बले यस्तो निर्देशन दिएको हो ।

बिनोद चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कक्षा ६ र ७ को मात्र अनुमति लिई अबैधरुपमा कानुनको धज्जी उडाउदै कक्षा ८ पनि संचालन गरेको थियो ।

मिति २०७५ साउन १८ देवचुली नगरपालिका स्रोतब्यक्ति दुर्गादत्त सापकोटालाई स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको र उक्त्त प्रात्त प्रतिबेदनको आधारमा वैदिक कर्मकाण्ड गुरुकुलले सञ्चालन गरेको कक्षा ८ बन्द गर्ने निर्देशन दिएको जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ नवलपरासी पूर्बका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए । मिति २०७५ साउन २९ गते मगलबार ईकाइ प्रमुख कृष्ण चन्द्र पोख्रेलले एक पत्र काटदै अनुमति बिना सञ्चालन भएको कक्षा तत्काल बन्द गरी जानकारी दिन वैदिक कर्मकाण्ड गुरुकुललाई निर्देशन दिएका छन् । पत्रमा त्यस गुरुकुलले कक्षा ६ र ७ को अनुमति प्रात्त गरेको तर ८ को कक्षा सञ्चालनको अनुमति नगरेको भन्ने प्रतिबेदन प्रात्त भएकोले अनुमति प्रात्त गरेपछि नियमअनुसार चल्ने गरी हाललाई अनुमति बिना सञ्चालन भएको कक्षा ८ तत्काल बन्द गरी यस कार्यालयमा जानकारी दिनुहुन भनि पत्रमा उलेख छ । देबचुलि नगरपालिका भित्र रहेको चौधरी उद्योग ग्राम भित्र सञ्चालित बैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमती बेगर कक्षा सञ्चालन गरेको र बिद्यार्थिको स्वास्थ्यलाई पत्यक्ष असर पर्ने बातावरणमा कक्षा सञ्चालन गरेको समाचार आएपछि शिक्षा ईकाइको यस्तो निर्देशन दिएको बुझिएको छ । यता सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले आफुहरुले कक्षा ८ सञ्चालनको लागी जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा ईकाइमा निबेदन दिएको र उक्त्त शिक्षा शाखाका अधिकृतहरुले मौखिकरुपमा सञ्चालन गर्ने अनुमती दिएकाले मात्र कक्षा ८ पनि सञ्चालन गरेको बताएका छन् । जिल्ला शिक्षा ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले भने, मौखिक अनुमतीले कुनै पनि कक्षा सञ्चालन गर्न नपाइृने भएकाले उक्त्त कक्षा बन्द गर्न निर्देशन दिएको बताएका छन् । सिजी शाश्वत धाम मार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कानुन बिपरत शिक्षा ऐन नमानेको पाईएमा सञ्चालित कक्षा र अन्य अनुमती समेत खारेज हुन सक्ने देबचुलि नगर शिक्षा ईकाइ प्रमुख मोति रिजालको भनाई छ । समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य समेत रहेका उद्योगपति बिनोद चौधरीले यसरी कानुनको धज्जी उडाउदै पंहुचको आधारमा स्कुल खोलेको स्थानियको आरोप समेत लगाउने गरेका थिए । बिद्यालय क्षेत्रलाई शान्ति क्षेत्रकोरुपमा लिने गरीएको भएपनि अझैपनि नेपालका एक मात्र अरबपती बिनोद चौधरीले उत्पादन गर्ने बियर कम्पनी सगै यसरी बिद्यालय खोल्नु कानुन बिपरीत रहेको देबचुलि नगरपालिका शिक्षा ईकाइ प्रमुख मोतिरिजालको भनाई छ । अब कक्षा ८ सञ्चालनका लागी नगर शिक्षामा निबेदन दिएकोले अब उक्त्त क्षेत्रको बाताबरण र अध्यापन हुने क्षेत्रको गम्भिररुपमा अध्यन गरी नगरकार्यपालिकाले अनुमती दिने नगरशिक्षा अधिकारी मोती रिजालले बताए । उनले भने, बियर उद्योगले बिद्यार्थीहरुमा असर पार्न हुदैन् त्यस्तो भए कुनै कक्षाको पनि अनुमति दिन सकिदैन ।

२०७५ साउन ३० गते प्रकाशित

वि.सं.२०७५ साउन ३० बुधवार ११:५५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...