back
NMB ad

कर बढाए पछि राजश्व प्रभावित हुने

Kumari bank ad

 

वीरगञ्ज । प्रदेश सरकारले करको दायरा फराकिलो पारेपछि यातायात व्यवस्था कार्यालय नारायणी सवारी तर्फ पर्साले चालू आर्थिक वर्षमा उठाउने राजश्व प्रभावित हुने देखिएको छ ।

प्रदेश तथा स्थानीय सरकारले ठूला सवारीसाधनमा सात प्रतिशत सडक दस्तुर, प्रदूषण जाँच कर तथा अन्य प्रदेशले सवारीसाधन आफैँ दर्ता गर्ने भएकाले राजश्व उठाउने कामको प्रत्यक्ष प्रभाव यातायात व्यवस्था कार्यालयलाई पर्ने भएको छ ।

अघिल्लो आवसम्म चितवन हेटौँडाबाट बढी मात्रामा सवारीसाधन दर्ता हुने गथ्र्यो । तर अब चालू आर्थिक वर्ष देखि प्रदेश सरकारले आफँै दर्ता गरी कर उठाउने भएपछि यसको प्रत्यक्ष मार कार्यालयमा परेको लेखापाल हेमबहादुर बोगटीले बताउनुभयो ।

सो कार्यालयले आव २०७३ \०७४ भन्दा आर्थिक बर्ष ०७४\०७५ मा ६ दशमलव २९ प्रतिशत राजश्व बढी उठाएको छ । सो आवमा ९२ हजार ५७७ सवारी साधन दर्ता गरी रु तीन अर्ब २८ करोड ३५ लाख २७ हजार ६७९ राजश्व उठ्यो जुन आव २०७३\०७४ भन्दा रु २० करोड ६८ लाख ५२ हजार २७१ बढी हो ।

कार्यालयले आर्षि २०७३\०७४ मा ८३ हजार ८० सवारीसाधन दर्ता गरी रु तीन अर्ब ७६ करोड ६७ लाख ५० हजार ४०८ राजश्व उठाएको थियो । अघिल्लो वर्ष सवारी दर्ता बढी भएको, पुरानो गाडीको लागत कट्टा बढी भएको, लिलामी, नामसारी बढी भएकोले ६ दशमलव २९ प्रतिशत बढी राजश्व उठेको निमित प्रमुख उपेन्द्र महतोले बताउनुभयो ।

२०७५ साउन ३० गते प्रकाशित

वि.सं.२०७५ साउन ३० बुधवार १६:४९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...