back
NMB ad

नेफ्स्कूनद्वारा सुनसरी बचत सङ्घ उत्कृष्ट घोषित, ‘पत्रकारिता पुरस्कार’ तुलसीराम सुवेदीलाई

Kumari bank ad

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आज यहाँ बसेको बैठकले उत्कृष्ट सङ्घसहित विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

सङ्घको ३१ औँ स्थापना दिवसका अवसर पारेर बसेको बैठकले सुनसरी जिल्ला बचत सङ्घलाई नेफ्स्कून सर्वोत्कृष्ट जिल्ला सङ्घबाट सम्मान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ सहकारी नेपालका सम्पादक एवम् अन्नपूर्णपोष्ट दैनिकका तुलसीराम सुवेदीलाई दिने निर्णय गरेको नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैगरी संस्थापक अध्यक्ष पुरस्कार बाँकेका मीना सिग्देल र दोलखाका यज्ञराज ढुङ्गेललाई तथा नेफ्स्कुन सर्वोत्कृष्ट संस्था पुरस्कार दोलखाको हाम्रो जनकल्याण साकोस र मकवानपुुरको महिला जागरण साकोसलाई दिइने भएको छ ।

प्रदेशस्तरीय उत्कृष्ट सदस्य संस्था सम्मान मोरङको जनचाहना साकोस (प्रदेश नं. १), रौटहटको नवविकास साकोस (प्रदेश नं. २), सिन्धुलीको मिलिजुली साकोस (प्रदेश नं. ३), नवलपरासी सुस्ता पूर्वको परोपकार साकोस (प्रदेश नं. ४), रुपन्देहीको कोलिया साकोस (प्रदेश नं. ५), सुुर्खेतको शिखर साकोस (प्रदेश नं. ६) र कञ्चनपुरको सिर्जनशील साकोस (प्रदेश नं. ७) लाई प्रदान गर्ने नेफ्स्कूनले जनाएको छ ।

त्यस्तै झापा÷काठमाडौँका रिना आचार्य र नवलपारासीका खेमराज सापकोटालाई नेफ्स्कून सम्मान तथा कैलालीका डा गोविन्दराज जोशीलाई नेफ्स्कून विद्वता सम्मान दिइने निर्णय भएको महासचिव ढकालले जानकारी दिनुभयो ।

नेफ्स्कून राइफाइसन क्रेडिट पुरस्कार बङ्गलादेशको सीसीयूएलबीलाई र नेफ्स्कून उत्प्रेरणा अभिनन्दन पुरस्कार विष्णुकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय पनि भएको जनाएको छ । उक्त सम्मान तथा पुरस्कार नेफ्स्कूनको आगामी पुस महिनामा हुने साधारणसभा वितरण गर्ने महासचिव ढकालले बताउनुभयो ।

उहाँले नेफ्स्कूनले साउन ३१ गते आफ्नो स्थापना दिवस २२ वटा फिल्ड कार्यालयबाट मनाउने पनि बताउनुभयो । रासस

२०७५ साउन ३० गते प्रकाशित

वि.सं.२०७५ साउन ३० बुधवार २२:३५ मा प्रकाशित

You can share this post!

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:१६

विराटनगर, ३१ वैशाखः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी...

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

नेप्सेमा ७७ लाख ४४ हजार कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:०९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...