back
NMB ad

चीनको राष्ट्रिय रेल्वे सञ्जालमा नेपाल र भारतलाई समेत जोडिन सक्ने सम्भावना

Kumari bank ad

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ ‘बेल्ट एण्ड रोड इनिशिएटिभः भू–राजनीतिलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकता’ विषयक संवाद कार्यक्रमको आयोजना ग¥यो ।

सो अवसरमा चीनका सिचुवान विश्वविद्यालय, दक्षिण एशियाली अध्ययन केन्द्रका प्रमुख प्राडा दाइ योङहोङले बेल्ट एण्ड रोड इनिशिएटिभअन्तर्गत चीनको राष्ट्रिय रेल्वे सञ्जालमा नेपाल र भारतलाई समेत जोडिन सक्ने सम्भावना रहेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल का डिन डा विपिन अधिकारीले बेल्ट एण्ड रोड इनिशिएटिभ ः भूराजनीतिलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकता विषयक कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ कार्यक्रम अहिले विश्वव्यापी सहमतिको विषय भइसकेको बताउनुभयो ।

नेपालीसहित विश्वका ६७ देशले बिआरआई चीनसँग सहकार्य गर्न सम्झौता गरेका छन् । नेपालले आफ्नो विकासका निम्ति उत्तर र दक्षिण फर्कनुको सट्टा विश्वव्यापी दृष्टिकोण राख्नुपर्ने कार्यपत्रमा उल्लेख छ ।

कार्यपत्रमा भनिएको छ, “बिआरआई विकासको कुनै एउटा पक्षलाई मात्र ध्यान दिने कार्यक्रम होइन, यसले ठूला पूर्वाधार निर्माण, व्यापार विस्तार, जनस्तरको सम्बन्ध विकास, शिक्षा, स्वास्थ्यलगायत गरिबी निवारणलाई पनि समेटेको छ ।”

व्यापार र लगानीका लागि विकासशील मुलुकलाई आर्थिक स्रोत उपलब्ध गराउनु बिआरआईको एउटा प्रमुख उद्देश्य हो । यसका लागि एशिया इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कको स्थापना पनि भएको छ । जसको प्रमुख लगानीकर्ता चीन, भारत र रशिया छन् ।

शान्ति र सहयोग, खुलापन र समावेशीकरण, पारस्परिक सिकाइ तथा पारस्परिक लाभ बिआरआईका यी चार वटा प्रमुख विशेषता हुन् । बिआरआईका विभिन्न नौ वटा कनेक्टिभिटी कोरिडोरमध्ये चीन–नेपाल–भारत कोरिडोर पनि एउटा हुन सक्ने कार्यपत्रमा उल्लेख छ ।

यो कार्यक्रम भू–राजनीतिक एजेण्डा नभएर विकास र पारस्परिक सहयोगको योजना हो । यसको फाइदा लिन सके नेपाल दुई ढुङ्गा बीचको तरुल नभएर दुई ठूला आर्थिक शक्ति बीचको मोति हुन सक्ने पनि कार्यपत्रमा उल्लेख छ । रासस

२०७५ भदौ ६ गते प्रकाशित

वि.सं.२०७५ भदौ ६ बुधवार ०८:०२ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...