back
NMB ad

आर्थिक तथा वित्तीय स्थितिमा देशको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख : प्रतिवेदन

Kumari bank ad

काठमाडौँ । चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छभने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आव २०७४/७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख भएको देखाएको छ ।

अघिल्लो वर्ष ४.६ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह समीक्षा वर्षमा ८.६ बढेर रु सात खर्ब ५५ अर्ब ६ करोड पुगेको छ । समयमै मनसुनी वर्षा भएकाले ९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छभने धानको उत्पादन उल्लेख्य हुने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष १.५ प्रतिशतले ऋणात्मक रहेको धानको उत्पादन यो वर्ष उत्साहप्रद हु्ने विश्वास केन्द्रीय बैङ्कको छ ।

आव ४.२ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्ष ४.५ प्रतिशतको तुलनामा केही कम रहे पनि २०७५ असार महिनामा विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ ।

गत आवमा चालू खाता घाटा थप विस्तार भई रु दुई खर्ब ४५ अर्ब पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु १० अर्ब रहेको थियो । आव २०७४.७५ मा देशको समग्र शोधनान्तर ९६ करोडले बचतमा रहेको छ ।

आव २०७४.७५ मा कूल वस्तु निर्यात ११.१ प्रतिशतले वृद्धि भई रु ८१ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ १२.४, चीन ४३.३ र अरू देशतिर ७.५ प्रतिशतले निर्यात बढेको उक्त बैङ्कले जनाएको छ । अलैँची, पोलिस्टर धागो, जुटका बोरा, जस्तापाता र वस्तुको निर्यात बढेको छ भने जुस, ऊनी गलैँचा, पस्मिनाजस्ता वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु आयात २५.५ प्रतिशतले बढेर एक हजार २४२ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो आयात २८ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्ष रु १० अर्ब १३ करोडले घाटामा रहेको चालू खाता घाटा समीक्षा वर्षमा उल्लेख विस्तार भई रु दुई खर्ब, ४५ अर्ब २२ करोड पुगेको छ । त्यसैगरी कूल विदेशी विनिमय सञ्चिती २०७४ असार मसान्तको रु १०७९ अर्ब ४३ करोडबाट २.१ प्रतिशतले बढेर २०७५ असार मसान्तमा रु ११०२ अर्ब ५९ करोड पुगेको छ ।

कालोसूचीका ऋणी बढे

बैङ्क तथा वित्तीय संस्थाको अनुरोधमा कर्जा सूचना केन्द्रबाट कालोसूचीमा परेका ऋणीहरुको सङ्ख्यामा विगत केही वर्षयता बढ्दै गएको पनि केन्द्रीय बैङ्कले परिदृश्यमा समेटेको छ । २०७४ असारमा ५२४७ ऋणी कालोसूचीमा रहेकामा २०७५ असारमा उक्त सङ्ख्या ६२४१ पुगेको छ । कालोसूचीका ऋणीको वृद्धिले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा विशेष ध्यान पु¥याउनुपर्ने देखाएको छ । रासस

२०७५ भदौ ६ गते प्रकाशित

वि.सं.२०७५ भदौ ६ बुधवार ०८:१५ मा प्रकाशित

You can share this post!

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...