back
NMB ad

समृद्ध नेपाल, सुखी नेपालीका लागि सरकारले सही बाटो समाएको छ : प्रम ओली

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि सरकारले सही बाटो समाएको बताउनुभएको छ ।
आज खरिपाटीमा मदन भण्डारी शिक्षालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धिका लागि जननेता मदन भण्डारीले अघि सारेका बिचार सान्दर्भिक भएकोले सरकार अहिले पनि त्यही आदर्शलाइ आत्मसात गरेर सरकार अघि बढीरहेको बताउनुभएको छ । “सरकार केवल राजनीतिक लक्ष्य निर्धारण गरेर मात्र समुन्नत समाज, साँस्कृतिक मर्यादाहरुलाई समेत समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले छिमेकी देशहरुसँग निकट, बराबरीको हैसियत र एउटा सार्वभौम राष्ट्रका रुपमा सम्बन्धि विकास गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले जननेता भण्डारीले नेपालमा छुट्टै प्रकारको सामाजिक आन्दोलन स्थापित गरेको बताउनुभएको छ । “मदन भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउनुभयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले स्वतन्त्रता, समानता र सामाजिक न्याय स्थापित गर्ने कुरामा ठुलो सहयोग गरेको छ ।”
भक्तपुरको खरिपाटी स्थित विद्यतु प्राधिकरणको कार्यलयमा सुरु भएको नेपालमा माक्र्सवाद सृजनात्मक प्रयोग बिषयमा सुरु भएको कार्यशालमा नेपाल सहित ब्राजिल, दक्षिण अफ्रिका, ट्युनिसीया, फलिपिन्स, पूर्वी टिमोर, थाइलेण्ड, बंगालादेश, पाकिस्तान, श्रीलंका र तान्जानियाका ५० जना सहभागीहरुलाई तीन हप्ताको प्रशिक्षण सञ्चालन हुनेछ ।

२०७५ भदौ ९ गते प्रकाशित

वि.सं.२०७५ भदौ ९ शनिवार १८:४७ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...