back
NMB ad

सात वटै प्रदेशमा अब ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

Kumari bank ad

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा शिक्षा कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । निर्देशनालयलाई सामाजिक विकास मन्त्रालय मातहतमा राखिने छ । यसअघि मन्त्रालयअन्तर्गतको क्षेत्रीय शिक्षा निर्देशनालय रहेको थियो । अर्यालले प्रदेशस्तरमा शिक्षासम्बन्धी हुने सम्पूर्ण काम कारवाही गर्न निर्देशनालय स्थापना गर्न लागिएको हो भन्नुभयो ।

निर्देशनालयले प्रदेश सरकारसँग समन्वय गरी काम गर्नेछ । उहाँका अनुसार प्रदेश सरकारले नै उक्त निर्देशनालय कहाँ रहने भन्ने टुङ्गो लगाउने छन् । उक्त निर्देशनालयमा उपसचिवको नेतृत्वमा चार शाखासमेत स्थापना गरिने छ । मन्त्रालय कर्मचारी महाशाखाका प्रमुख बाबुराम पन्थीले प्रत्येक निर्देशनालयमा ३५ कर्मचारी रहने छन् । उहाँका अनुसार एक सहसचिव, चार उपसचिव, आठ शाखा अधिकृत र अन्य कर्मचारी रहने छन् । उहाँले एक हप्ताभित्र नै कार्यालय स्थापना गरी कर्मचारीको खटाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

२०७५ भदौ १२ गते प्रकाशित

वि.सं.२०७५ भदौ १२ मंगलवार १६:२९ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...