back
NMB ad

वाणिज्य बैंकको सख्या नघटे पनि विकास बैंक र फाइनान्स कम्पनी भने हवात्तै घटे

Kumari bank ad

काठमाडौं,। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी बृद्धि गर्ने नीति ल्याएपछि वाणिज्य बैंकको संख्या खासै नघटेपनि विकास बैंक र फाइनान्स कम्पनीको संख्या भने हवात्तै घटेको छ । राष्ट बैंकले दुई वर्ष अघि चारदेखि ६ गुनासम्म पुँजी बढाउने नीति ल्याएको थियो ।
केन्द्रीय बैंकको त्यस्तो नीतिका कारण धेरैजसो विकास बैंक र फाइनान्स कम्पनीले चुक्ता पुँजी पुर्याउन नसकेपछि मर्जरको बाटो अपनाएका थिए । मर्जरमा गएका कारण विकास बैंक र फाइनान्स कम्पनीको संख्या घट्न पुगेको हो । मर्जर तथा प्राप्तिको प्रक्रियामा वित्तीय संस्था गएपछि अहिले मुलुकमा एक सय ५१ वटा वित्तीय संस्था सञ्चालनमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कुनै समय ३२ वटासम्म वािणज्य बैंक पुगेका थिए । एनआईसी एशिया बैंकसँग एशिया बैंक मर्ज भएको थियो । त्यसैगरी, किष्ट बैंक प्रभु बैंकसँग मर्ज हुन पुग्यो । यसैगरी कमर्ज एन्ड टष्ट ग्लोबल आइएमईमा मर्ज हुन पुग्यो । त्यसैगरी बैंक अफ काठमाडूमा लुम्बिनी बैंक मर्ज भएका कारण अहिले वणिज्य बैंकको सख्यां २८ वटामा सिमित हुन पुगेको छ ।

वाणिज्य बैंक भन्दा विकास बैंक धेरै मर्ज हुन पुगे । कुनै बेला ८५ भन्दा बढी विकास बैंक सञ्चालनमा थिए । अहिले त्यो संख्या घटेर ३३ वटामा सिमित भएका छन् । त्यसैगरी ५३ भन्दाबढी फाइनान्स कम्पनी सञ्चालनमा रहेकोमा अहिले २५ वटा मात्र सञ्चालनमा छन् । लघुवित्त कम्पनीहरुको संख्या भने बढ्दै गएको छ । ग्रामिण क्षेत्रका कुनै ठाउँमा बाहेक अहिले लघुवित्त खोल्न पाइदैन् । तर, एक वर्ष अघि एकै समयमा करिव सय लघुवित्त कम्पनी स्थापना गर्न राष्ट बैंकले स्वीकृति दिएपछि लघुवित्तको सख्या पछिल्लो समय  ब ह्वात्तै बढन पुगेको हो । हाल ६५ वटा लघुवित्त कम्पनी सञ्चालनमा छन् बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु भएपछि एक सय ६२ वटा वित्तीय संस्था मर्जररप्राप्ति प्रक्रियामा सामेल भएका थिए । यो अवधिमा एक २१ वटा संस्थाको इजाजत खारेजी भएको छ । सो एक सय ६२ वटा वित्तीय मर्जर प्राप्ति जाँदा सो संख्यामा वित्तीय संस्था खारेज हुँदा जम्मा ४१ संस्था कायम रहेको राष्ट्र बैंकको भनाइ छ ।

२०७५ भदौ २० गते प्रकाशित

वि.सं.२०७५ भदौ २० बुधवार ११:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...