back
NMB ad

चाडपर्व नजिकिदै जाँदा सुन अभाव चर्कदै

Kumari bank ad

काठमाडौं । चाडपर्व नजिकिदै जाँदा सुनको अभाव हुने पहिलेदेखिको परम्परा यसपाली पनि दोहोरिएको छ । तीज, दशै र तिहार नजिकिदै जाँदा सुनको अभाव देखाउने र मंहगो मुल्यमा बेच्ने गरिन्छ । त्यसैपनि सुन सस्तो भएको बेला जोहो गरेर राख्ने र मंहगो भएको बेला बेच्ने गरिन्छ । चाडपर्वसँगै सस्तोमा सुनको खरिद गर्न थालेकाले पनि सुनको अभाव भएको बिज्ञको भनाइ छ । अहिले बजारमा सुनका गहना जसोतसो पाइएपनि सुनका ढिक्का भने पाउन मुस्किल नै छ । केही महिनदेखि यता सुनको मूल्य घटेको छ । यही मौकामा सुन किनेर राख्ने र चाडपर्वमा महंगिएपछि बेच्ने व्यपारीहरु सक्रिय भएपछि सुनको अभाव देखिएको हो ।

बुधबार सुन प्रतितोला ५७ हजार २ सयमा कारोबार भएको थियो । तीजका लागि सुनका गहना बनाउन न्युरोडको एक पसल पुगेकी मुना खनालले भन्डै २० दिन कुर्नुर्पयो । कच्चा सुन नभएको भन्दै पसलेले कुर्न भनेपछि उनले पूरै सेट गहना तयार पार्न लामै समय कुर्नुपरेको हो । ‘तीजमा सुन झण्डै नपाएको’, उनले भनिन् । जसोतसो सुन ल्याएर पसलेले गहना दिएपछि बल्ल उनले राहतको सास फेरिन् । यसरी समस्या भोग्नेमा उनीमात्र होइन धेरै छन् ।

सुनको मूल्य ओरालो लागिरहेका बेला किनेर गहना बनाउने तथा जगेडा गर्न खोज्ने धेरै हुन्छन् त्यसैले पनि सुनको अभाव भएको बिज्ञको भनाइ छ । सरकार भने सुन अभाव भएको कुरालाई स्वीकार गर्दैन् । तर व्यापारीको गुनासो बेग्लै छ । ‘हामीले मागेजति सुन आएकै छैन’, सुनचाँदी व्यवसायी संघका एक अधिकारीले भने, ‘ग्राहकले भनेजति दिन सकिएको छैनौ ।’ नेपाल भर दैनिक ३० किलो सुनको माग छ । तर बैधानिक रुपमा बैंकिड. च्यानलबाट २० किलो मात्र सुन आएको छ ।

‘यसलाई नबढाउँदासम्म व्यापार चलाउनै गाह्रो हुन्छ’, एक व्यापारीले भने ‘ग्राहकलाई मूल्य घटेकाले सुन लुकाएको भान परेको छ’, उनले भने, ‘तर हाम्रो पीडा अर्कै छ ।’ सुनको भाउ घट्दा धेरै ग्राहकले किन्ने भएकाले त्यस्तो बेला निकै कठिन हुने गरेको व्यवसायीको भनाइ छ । तीज, दसै, तिहार र बिबाहमा सुनचाँदीको बढी व्यापार हुने गरेको छ  तर साउनयता सरकारले साधारण नागरिकलाई विदेशबाट सुन ल्याउनमा गरेको कडाइसँगै बजारमा सुनको अभाव खट्कँदा देशैभरका व्यवसायी प्रभावित बनेका छन् । ‘तत्काल कोटा नबढाउन हो भने व्यवसाय धान्नै मुस्किल हुनेछ, एक व्यवसायीले भने ।

२०७५ भदौ २१ गते प्रकाशित

वि.सं.२०७५ भदौ २१ बिहीवार १०:२२ मा प्रकाशित

You can share this post!

करेन्ट लागेर एकजनाकाे मृत्यु   

करेन्ट लागेर एकजनाकाे मृत्यु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १३:१७

कृष्णनगर (कपिलवस्तु), १५ जेठ : कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर...

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:५६

काठमाडौँ, १५ जेठः प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले...

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:३२

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न...

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:२६

निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए...

बजेट भाषण गर्ने समय सर्‍याे   

बजेट भाषण गर्ने समय सर्‍याे   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:१५

काठमाडौँ, १५ जेठः आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:११

काठमाडौँ, १५ जेठ : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको...