back
NMB ad

डलरको भाउ उकालो लागेको लागै, १ डलर किन्न ११६ रुपैयाँ भन्दा बढी चाहिने

Kumari bank ad

काठमाडौं । अमेरिकी डलर दिनँहु उकालो लागेको लागै छ । आज १ डलर किन्नका लागि ११६ रुपैयाँ २३ पैसा आवश्यक पर्छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि अमेरिकी डलर हालसम्मकै उच्च भएको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलर बराबर एक सय १६ रुपैयाँ २३ पैसा बिक्रीदर तोकेको छ । यो दर अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेपछि यसको असर नेपाली बजारमा पनि देखिएको छ ।

पछिल्लो समय अमेरिकी अर्थतन्त्र र डलर दुवै मजबुद बन्दै गएका कारण डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकको भनाइ छ । टर्कीको अर्थतन्त्रमा आएको संकटका कारण डलर मजवुत बन्न पुगेको बिज्ञहरु बताउँछन् । टर्कीको मुद्रा अवमूल्यनले समग्र युरोपियन अर्थतन्त्रमा असर परेका कारण डलर बलियो भएको उनीहरुको भनाइ छ । अहिले विश्व बजारमा अमेरिकी डलरको माग अत्यधिक बढेको छ । अहिले युरो र बेलायती मुद्रा समेत घटेका छन् ।

नेपाल र भारतीय मुद्राबीच स्थायी विनिमय दरका कारण भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । डलरको मूल्य बढ्दा निर्यात व्यापारबाट राम्रो मूल्य आए पनि हाम्रो जस्तो आयात बढी हुने देशमा यसको नकारात्मक असर पर्ने बिज्ञहरु बताउँछन् ।

२०७५ भदौ २६ गते प्रकाशित

वि.सं.२०७५ भदौ २६ मंगलवार ०९:०७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...