back
NMB ad

दिर्घकालीन विकास गर्न बृहत् गुरुयोजनाको खाका तयार

Kumari bank ad

गाईघाट, । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।

सो गुरुयोजना सञ्चालनका लागि शनिबार रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा एक कार्यक्रमबीच योजनाको खाका विज्ञसहितका टोली र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रस्तुत गर्नुभयो । रौतामाईको धार्मिक तीर्थस्थल रौतापोखरीमा धार्मिक र पर्यटकीयस्थलका रुपमा विकास गर्न होटल, गेष्ट हाउस, भ्यू टावर, सवारी पार्किङस्थलसम्मको योजनाको खाका तयारी गरी विज्ञ डा प्रेम शर्माले प्रस्तुत गर्नुभएको हो ।

रौताको रौतामाई पोखरीदेखि ओडारे झर्ना, माझखर्क क्षेत्रको स्थान महत्वपूर्ण धार्मिक तथा पर्यटककीयस्थल रहेका कारण यसका लागि दिगो पर्यटन विकास गर्न र यहाँका प्रकृति सम्पदाको समेत संरक्षण गर्ने गरी गुरुयोजनाको नक्सा तयार गरिएको विज्ञ डा प्रेम शर्माले बताउनुभयो ।

केही योजना सञ्चालन भइसकेको र बाँकी कार्य गर्न अब आफूले केन्द्र सरकार र प्रदेश सरकारको सहयोग मागेर सात वर्षभित्र नक्साअनुसार गुरुयोजना सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का बताउनुभयो ।

उक्त योजना सम्पन्न भएपछि रौता क्षेत्रमा आन्तरिक र बाह्य गरेर वार्षिक पाँच लाखभन्दा बढी पर्यटक भित्रिने र वार्षिक रु दश करोडभन्दा माथिको आम्दानी हुने समेत विज्ञ र गाउँपालिकाका प्रतिनिधिको धारणा छ । उक्त गुरुयोजना प्रस्तुत तथा गोष्ठी कार्यक्रममा विज्ञ इञ्जिनियरसहित १ नं प्रदेश सांसद नारायण बुर्जा, हिमाल कार्की, अम्बिका थापा, प्रजिअ विष्णु कार्कीका सहभागिता रहेको थियो ।
झण्डै ६ महिनाको अध्ययन र अनुसन्धान तथा स्थलगत अध्ययनपछि उक्त गुरुयोजनाको खाका तयारी कार्य सम्पन्न भएको इञ्जिनियर प्रकाश जिसीले बताउनुभयो ।

२०७५ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७५ भदौ ३१ आइतवार ११:४० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...