back
NMB ad

पुरानो लयमा फर्केदै सेयर बजार, यसअघिको उच्चतम बिन्दुलाई पछ्याउन थाल्यो नेप्सेले

Kumari bank ad

काठमाडौं । सेयर बजार मापक नेप्से एकपछि अर्को दिन गर्दै बढ्दै जान थालेको छ । कारोबार रकम पनि प्रत्येक दिन अर्ब रुपैयाँ भन्दा माथि हुन थालेको छ । सेयर बजार अझै उच्चाइमा पुग्ने संकेत यसले देखाएको छ । यसअघि १८८१ बिन्दुको उचाइमा पुगेको नेप्से पछिल्लो समय ११ सयको हाराहारीमा झरेको थियो । तर, अहिले निरन्तर रुपमा बढेको छ । मंगलबार मात्र २२.३७ बिन्दुले नेप्से उकालो लागेर १२८०.०५ बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएर १ अर्ब १२ करोड भएको छ । लगानीकर्ताहरु यसलाई सुभ संकेतका रुपमा लिएका छन् । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांशबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि सेयर बजारमा चहल पहल बढेको ब्रोकरको भनाइ छ । सेयर बजार ओरालो लागेसँगै सुनसान बन्दै आएका ब्रोकर कम्पनीको कार्यालयमा फेरी लगानीकर्ताको बाक्लो देखिएको छ । लगानीकर्ताहरु लाभांश बढी दिन सक्ने सम्भावना भएका कम्पनीको सेयर खोजी खोजी खरिद गर्न थाल्दा सेयर बजार मापक नेप्से पनि पछिल्लो समय उकालो लाग्दै गएको छ ।

बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर घटाउँदै गएकाले पनि सेयर बजारमा सुधार आएको ब्रोकर बताउँछन् । १५ प्रतिशतसम्म सेयरधितोमा कर्जा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले अहिले १० प्रतिशतको हाराहारीमा ऋण दिन थालेका छन् । यसले पनि सेयर बजार उकालो लाग्न थालेको हो । बैंकले सर्वसाधारणले बैंकमा पैसा राख्दा पाउने ब्याज घटाएका छन् । बैंकमा पैसा राख्नु भन्दा सेयरमा लगानी गर्दा फाइदा हुने सम्भावना देखिन थालेकाले पनि सेयर बजार बढन पुगेको कतिपयको भनाइ छ । केही समय अघि मुद्दती खातामा पैसा राख्दा ११ प्रतिशतसम्म ब्याज पाउथे । तर, अहिले बैंकमा मुद्दती खातामा पैसा राख्न जानेलाई बढीमा १०.५० पैसा मात्र दिन थालेका छन् ।

यसैगरी, बचत खातामा पनि ८ प्रतिशत ब्याज पाउँदै आएका सर्वसाधारणले अब ७ प्रतिशत मात्र पाउने भएका छन् । त्यही पनि सवैभन्दा पछि खुलेका सिभिल, सेञ्चुरी, मेगा, जनता लगायतका वाणिज्य बैंकले मात्र बढी ब्याज दिने गरेका छन् । तर, पुराना बैंक स्टयाण्डर्ड चार्टर्ड, नविललगायतका बैंकले भने ३ देखि ४ प्रतिशत मात्रै ब्याज दिन थालिसकेका छन् । जहिले पनि बैंकको ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्न पुग्छ भने ब्याजदर घट्दा सेयर बजार बढन पुग्छ ।

लगानीयोग्य पुँजी (तरलता) नभएपछि बैंकले धमाधम ब्याजदर बढाएका थिए । तर, अहिले भने केही सहज भएको भन्दै बैंकले पुन ब्याजदर घटाएका छन् । ब्याजदर अझै पनि घट्ने अनुमान गरिएको बैंकर बताउँछन् । बैंकको ब्याजदर अझै घट्ने हो भने सेयर बजार अझै उचाइमा पुग्ने लगानीकर्ताको भनाइ छ ।

२०७५ असोज १० गते प्रकाशित

वि.सं.२०७५ असोज १० बुधवार ०९:४४ मा प्रकाशित

You can share this post!

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...