back
NMB ad

सङ्ग्रहालयमा पर्यटकलाई स्वागत,अवलोकन टिकट निःशुल्क

Kumari bank ad

पोखरा, । विश्व पर्यटन दिवसको सन्दर्भमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतसहित अवलोकन टिकट निःशुल्क प्रदान गरिएको छ ।

अवलोकनका लागि पहिला आउने नेपाली, सार्क र विदेशी पाँच। पाँच जना गरी कूल १५ जनालाई सङ्ग्रहालय विज्ञ बलप्रसाद राईले खादा लगाएर स्वागत गर्नुभएको हो । चिनीयाँ नागरिक छिन्हो लिङ, अमेरिकाका सोफिया करकीन, मोनटाना, राचील जोस्टन र अलस्का, फ्रान्सका क्रोनटीन ब्रावन्ट र स्पेनका ओयी ओलको स्वागत गरिएको हो ।

त्यस्तै भारतका अभिषेक जिया, हितेष जिया, प्रकाश भुर, सौरभ कुनार र सत्यवान तथा नेपालका अलिसा थापा, प्रिति तामाङ, विनिता थारु, ऋषिराम थारु र प्रभावति कुहारको स्वागत गरिएको हो । नेपाल पर्वतारोहण सङ्घले निर्माण गरेको सो सङ्ग्रहालय अवलोकनका लागि नेपालीलाई रु ८०, विद्यार्थीलाई रु ५०, सार्क देशका नागरिकलाई रु २५० तथा अन्य विदेशी नागरिकलाई रु ५०० टिकटको व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी दुई लाख ६० जनाले सङ्ग्रहालयको अध्ययन अवलोकन गरेका थिए । सङ्ग्रहालयले रु दुई करोड ७८ लाख आम्दानी गरेको थियो ।

२०७५ असोज १२ गते प्रकाशित

वि.सं.२०७५ असोज १२ शुक्रवार १३:१९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...