back
NMB ad

दशैं सुरक्षा रणनीति सार्वजनिक, ५०८ प्रहरी परिचालन

Kumari bank ad

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताउनुभयो ।

परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण २४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत ५०८ प्रहरी परिचालन गर्ने उहाँले बताउनुभयो ।

सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने ठाउँ, मठमन्दिर, बस्तीलगायतका स्थानमा उच्च सतर्कता अपनाइ सुरक्षा व्यवस्थालाई कडा पार्ने भएको छ ।

प्रहरीले घरेलु मदिरा, जुवातास, लङ्गुरबुर्जालगायत सामाजमा विकृति ल्याउने गतिविधिलाई पूर्णरूपमा निषेध गर्ने रणनीति लिएको छ । आवश्यकताअनुसार जगाती चेक प्वाइन्टलागायतका नाका, व्यापारिक स्थान तथा अन्य स्थानमा तालीम प्राप्त कुकुरको प्रयोग गरी स्निफिङ व्यवस्था गरिने, विगतमा अपराध गरी फरार, सजाय भुक्तान गरेका, अदालतबाट छुटेका र अन्य आपराधिक गतिविधिमा लागेकाको पहिचान गरी निगरानी बढाउने भएको छ ।

प्रहरीले ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती बढाउने, छड्के चेकिङ गर्ने, होटल, लज, रेष्टुराँ, पुलहाउसलाई निगरानी बढाउने, टोल–टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

२०७५ असोज १३ गते प्रकाशित

वि.सं.२०७५ असोज १३ शनिवार १३:१४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...