back
NMB ad

सर्वसाधारणलाई सेयर बजारमा प्रवेश गराउन आजदेखि लगानीकर्ता सप्ताह

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न आजदेखि लगानीकर्ता सप्ताह मनाउँदै छ । आज लगानी बोर्डले बिहान प्रभातफेरीको आयोजना गरेको छ ।

बोर्डले यस अवधिमा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी (¥याली),पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र लगानीकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै छ । पूँजी बजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि तथा लगानीकर्ताको शसक्तिकरण गर्न लगानीकर्ता सप्ताह मनाउन लागिएको बोर्डले जनाएको छ ।

विश्व लगानीकर्ता सप्ताहको सन्दर्भमा बोर्डले आज सोमबारदेखि आउने सोमबारसम्म विभिन्न कार्यक्रम गरी लगानीकर्ता सप्ताह सञ्चालन गर्न लागेको हो । विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह मार्फत् पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्ने रहेको बोर्डको भनाई छ ।

देश हालै संघीय स्वरुपमा रहेको तथा धितोपत्र बजारसमेत क्रमशः देशव्यापी हुँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई सर्वसाधारणलाई बजार प्रवेशमा प्रोत्साहित गरी धितोपत्रको मागको व्यवस्थापनका लागि बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको हो ।

बोर्डले एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने भएको छ । यी कार्यक्रमहरुले लगानीकर्ताहरुको सशक्तिकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास कार्य थप सहज हुने तथा देशमा पूँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डको छ ।

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्रा्ष्ट्रिय संस्था (आइओएससिओ) को एशोसिएट सदस्य भएपश्चात बोर्डले सन् २०१६ देखि उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ ।

२०७५ असोज १५ गते प्रकाशित

वि.सं.२०७५ असोज १५ सोमवार ११:५३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...