back
NMB ad

नेपालको औद्योगिक, पर्यटन एवम् हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक

Kumari bank ad

काठमाडौं । नेपालको औद्योगिक, पर्यटन एवम् हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक देखिएको छ । बिहीबार नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि फ्रान्सका नव नियुक्त राजदूत प्रान्कोइज एक्सभियर लेगर बीच भेटवार्ता भएको हो ।
उक्त अवसरमा नेपालका लागि फ्रान्सका नव नियुक्त राजदूत लेगरले नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीहरु बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न प्रयासरत हुने विचार व्यक्त गरे ।

उक्त अवसरमा राजदूत लेगरले नेपालको औद्योगिक, पर्यटन एवम् हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक रहेको र समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा फ्रान्सको लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल गरिने विश्वास दिलाए । साथै उनले नेपालको हवाई सुरक्षाको विषयमा सुनिश्चितता प्रदान गर्न नेपालको हवाई विभाग र पर्यटन क्षेत्रमा तालिम उपलब्ध गराउन समेत इच्छुक रहेको धारणा व्यक्त गरे ।

उक्त अवसरमा फ्रान्सका राजदूतको स्वागत गर्दै परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको हुँदा फ्रान्सेली उद्योगीको लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको विचार सहित नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावाससँग सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गरे ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीको राम्रो प्रतिफल प्राप्त गरेको नेपालमा सञ्चालित उद्योगहरुले आफ्नो लगानीको नाफा रकम फिर्ता लग्ने विषयमा कुनै समस्या नभएको र राम्रो वातावरण नेपालमा भएको समेत उनले बताए ।,सो अवसरमा परिसंघ पदाधिकारीहरु, गभर्निङ काउन्सील सदस्यहरु एवं फ्रान्स दूतावासका आर्थिक सल्लाहकारको समेत उपस्थिति रहेको थियो ।

२०७५ असोज १९ गते प्रकाशित

वि.सं.२०७५ असोज १९ शुक्रवार ०८:५२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...