back
NMB ad

सडकमा मजदुरको कुरा गर्ने र सरकारमा गएपछि बिर्सने प्रवृतिको अन्त्य हुनुपर्छ : लम्साल

Kumari bank ad

काठमाडौँ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले सडकमा मजदुरको कुरा गर्ने र सरकारमा गएपछि पुँजीपति वर्गको पक्षपोषण गर्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको बताए । जिफन्ट बागमती अञ्चल स्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिंदै महासचिव लम्सालले भने ,जुनसुकै सरकार आएपनि सडकमा मजदुरका कुरा गर्ने सरकारमा पुँजीपतीको पक्षपोषण गर्ने कार्य भएको छ अब भने यसको अन्त्य हुनुपर्छ ।

धनीलाई अझै धनी र गरिबलाई अझै गरिब बनाउने यो प्रवृतिको अन्त्य हुनुपर्छ । अब मुलुक समाजवादतीर उन्मुख भएको भन्दै राज्य संचालन गर्नेहरुले पनि सबैलाई समान दृष्टिले हेर्नुपर्ने बताए ।

नेपालको संबिधानमा केहि विषय छुटेपनि श्रमिकमैत्री भएको र भारतलाइ नेपालको संबिधानबारे टाउको नदुखाउन आग्रह गरे । महासचिव लम्सालले भने, हामीलाई भारतको संबिधानबारे पनि कुनै टाउको दुखाई छैन, भारतलाई पनि हाम्रो संबिधानबारे कुनै टाउको दुखाइ नहोस् । महासचिव लम्सालले देशमा रगतको खोलो बगेपनि देश टुक्रन नदिने बताएका छन् । राष्ट्रियता संरक्षणमा आफुहरु सतिसालझैं अडिग रहेको उनको भनाइ थियो । लम्सालले भने, ʽहामी रगतको खोलो बगाउँछौ तर राज्य टुक्रा हुन दिन्नौ, भारतले हाम्रो संबिधानप्रति टाउको दुखाउनुपर्ने कुनै कारण छैन ।ʼ लम्सालले भने, ʽसंबिधान पढ्दै नपढि आलोचना गर्ने प्रवृतिको अन्त्य गर्न संबिधान पढेर सबै जनतालाई बुझाउन म अगुवा कार्यकर्तालाई निर्देशन दिन्छु ।ʼ त्यस्तै राष्ट्रियता संरक्षणमा श्रमिकहरुलाई एक हुन पनि उनले आग्रह गरे ।

नाक चुच्चो हुँदैमा केपी ओलीले क्षतिपूर्ति तिर्दैन :चौधरी

कार्यक्रममा जिफन्टका उपमहासचिव जनक चौधरीले नाक चुच्चो भएको आधारमा हिजोका दिनमा भएगरेका सम्पूर्ण गतिबिधिको क्षतिपूर्ति प्रधानमन्त्री केपी ओलीले नतिर्ने बताए । चौधरीले भने, ʽहिजो नाक चुच्चो भएको खस आर्यले शासन गर्यो भन्दैमा केपी ओलीसँग क्षतिपूर्ति माग्न पाइन्न । यहाँ जाती र समुदायको होइन वर्गीय शोषणको अन्त्य गर्नुपर्नेछ ।ʼ मधेसमा पाँच महिना बढि भएको आन्दोलनले मधेसी र थारु फरक हुन् भन्ने पुष्टी भएको पनि उपमहासचिव चौधरीको दाबी थियो ।

चौधरीले आफ्नो अधिकारका नाममा मधेसमा रहेका सबै जनसंख्याको गणना गर्ने तर मधेसमा बसोबास गर्ने पहाडेहरुको बिरोध गर्ने मधेसी नेताहरुको प्रवृतिको पनि कडा बिरोध गरे । चौधरीले भने, ʽपहाडेलाई पाखे र मधेसीलाई मधिसे नभनौं, हिमाल पहाड तराई सबैको साझा हो । हामी जाती समुदायमा होईन वर्गको हकहितमा लाग्नुपर्नेछ ।ʼ

कार्यक्रमको सभापतित्व गरेका जिफन्ट बागमती अञ्चल अध्यक्ष रामहरि नेपालले हरेक दिन १७ पैसा तिर्न श्रमिकहरुलाई आग्रह गर्दै सो बापत १७ अधिकारका लागि जिफन्टले श्रमिकका पक्षमा कार्य गर्ने बताए । मजदुरहरुलाई संगठित पार्दै एकताबद्ध पारेर आफ्ना अधिकार स्थापीत गराउन सबै अगुवा कार्यकर्तालाई उनले निर्देशन दिएका थिए ।

२९ फागुन २०७२ / ४:२६:५९

वि.सं.२०७२ फागुन २९ शनिवार १६:३३ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...