back
NMB ad

यसकारण प्रभु बैंकको सेयर किन्न झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । पछिल्लो समय प्रभु बैंकले नाफा बढाउँदै लगेपछि लगानीकर्ताहरु प्रभु बैंकको सेयर खरिद झुम्मिएका छन् । यसैकारण गत साता उक्त बैंकको सबैभन्दा धेरै ७ करोड २४ लाख रूपैयाँ बराबरको सेयर खरिद बिक्री हुन पुग्यो ।

प्रभु बैंकले खराव कर्जा उठाउने कामलाई तिब्रता दिएपछि लगानीकर्ताहरु उक्त बैंकको सेयर खरिद थालेका हुन् । बैंकले चालु आवको तीन महिनामा पनि उच्च दरले नाफा बढाएको छ । त्यसकारण यस साता पनि उसको कारोबार अझै बढ्ने अपेक्षा ब्रोकरले गरेका छन् ।
गत साता प्रभु बैंकलाई पच्छ्याउँदै एनआइसी एशिया बैंकको पनि सेयर कारोबार बढ्न पुग्यो ।

उक्त बैंकको ६ करोड ५७ लाख २९० हजार बराबरको सेयर कारोबार हुन पुग्यो । एनआइसी एशिया बैंकले पनि नाफा बढाउँदै लगेपछि यसको सेयर बढी खरिद गर्न लगानीकर्ता तयार भएका हुन् । उक्त बैंकको निक्षेप डेढ खर्ब पुगेको छ । त्यसैगरी, लगानी पनि त्यसैको हाराहारीमा पुगेको छ । उक्त बैंकले लगानीमा भएको बृद्धिसँगै नाफा पनि बढ्ने अपेक्षा गरेका कारण सेयर किन्ने पनि बढेको ब्रोकरहरु बताउँछन् ।

यसैगरी, जीवन बिमा कम्पनीको काम गर्दै आएको पुरानो बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको सेयर पनि तेस्रो बढी कारोबार हुनेमा परेको छ । उसको ४ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त बिमा कम्पनीको वित्तीय अबस्था पनि राम्रो भएका कारण सेयर खरिद गर्ने बढेका हुन् ।

त्यसपछि जनता बैंकको ४ करोड ३३ लाख ३० हजार, ग्लोबल आइएमई बैंकको ४ करोड ३१ लाख २० हजार, सानिमा बैंकको ४ करोड २७ लाख ९० हजार र एनएमबि बैंकको ४ करोड ६० हजारको सेयर कारोबार भएको छ ।

गत साता नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजारमा एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको सेयर खरिद बिक्री हुन पुग्यो । कारोबार रकम अघिल्लो साताको तुलनामा १९ करोड २५ लाख ३० हजारले बढन पुग्यो । अघिल्लो साता एक अर्ब एक करोड ९२ लाख ८० हजार बराबरको कारोबार भएको थियो ।

गत साता मंगलबार एक दिनमात्र ७.४३ अंकले उकालो लागेको सेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोबार भएको छ । नेप्से घट्दा यस साता सेयर बजारका लगानीकर्ताले २३ अर्ब ९८ करोड रूपैयाँ सम्पत्ति सयर बजारबाट गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन १४ खर्ब ८० अर्ब ६० करोड रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम दिन रु १४ खर्ब ५६ अर्ब ६२ करोडमा पुगेको छ ।

गत साता सेयर बजार परिसूचक नेप्से २०.१३ अंकले घटेको छ । गत साताको पहिलो दिन आइतबार एक हजार २४१.११ अंकमा खुलेको सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार एक हजार २२०.९८ अंकमा झरेको हो ।

२०७५ कार्तिक १८ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १८ आइतवार ११:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...