काठमाडौं । २८ वटा वाणिज्य बैंकमध्ये धेरैजसोले यस वर्ष नगद लाभांश मात्र दिने भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँको प्रावधान सबै बैंकहरुले पूरा गरिसकेकाले पनि यस वर्ष बैंकहरु नगद लाभांश बितरणतिर लागेका हुन् ।
चुक्ता पुँजी पुर्याउनु पर्ने बाध्यता बैंकहरुलाई छैन् त्यसैले पनि नगद लाभांश दिने तयारीमा रहेको बताइन्छ । तर, लगानीकर्ताहरु भने नगद लाभांश भन्दा बोनस सेयर दिए फाइदा बढी हुने बताउँछन् ।
गत वर्षको नाफाबाट दुई बैंकले नगद लाभांश वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकमा पेश गरिसकेका छन् । सानिमा बैंकले १४ प्रतिशत र एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । अन्य बैंकहरुले पनि नगद लाभांश दिने तयारीमा जुटेका छन् । सानिमा र एभरेष्ट बैंकको बाटो (नगद लाभांश) मा हिड्ने निश्चित जस्तै छ । ५, ६ वटा बैंक भने नगद र वोनस बराबरी दिने तयारीमा जुटेको बताइन्छ ।
२०७५ कार्तिक १८ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक १८ आइतवार ११:२७ मा प्रकाशित