back
NMB ad

अपाङ्गता भएका व्यक्तिलाई पनि अवसरमा समान पहुँच : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रधनमन्त्रीको सन्देशमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिहरूको राज्य प्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछ । उनीहरुले पनि अरु सरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिवद्ध छ ।” ‘कोही पनि पछाडि नपरून्’ भन्ने मूल ध्येयका साथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको सन्देशमा उल्लेख गरिएको छ ।
“पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षा र गुणस्तरीय जीवनको विशेष व्यवस्था गर्न सरकार कटिवद्ध छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ, “सरकारले अपाङ्गता भएका व्यक्तिहरूको विकास र सशक्तीकरणका लागि छुट्टै बृहत् नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको छ । सरकारको सम्पूर्ण प्रयास समावेशी विकासको माध्यमबाट देशमा समृद्धि, खुसीयाली, शान्ति र न्याय स्थापना गर्न केन्द्रित छ ।”

अपाङ्गता भएका महिलाहरूमाथि हुने हिंसा र दुव्र्यवहारका विरूद्धमा कडा कानूनी कारबाहीहरू अगाडि बढाउने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान पु¥याएको सन्देशमा जनाइएको छ ।

“सार्वजनिक भौतिक संरचना, सेवा प्रवाह गर्ने प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार प्रणालीहरूमा अपाङ्गता भएका व्यक्तिको पहुँचलाई पूर्ण रुपमा सुनिश्चित गर्न सरकारलाई सबैको सहयोग चाहिन्छ । यस सम्बन्धमा तर्जूमा गरिएका नियम र मापदण्डहरू प्रभावकारी रूपमा लागू गर्ने अभियानमा सरोकारवाला निकाय मात्र होइन समाजका सबै क्षेत्रका व्यक्तिहरु सामेल हुन आवश्यक छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

२०७५ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १७ सोमवार १०:०० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...