back
NMB ad

अपि पावरको अप्पर नौगढगाढ जलविद्युत् आयोजनाले चैत १५ देखि विद्युत् उत्पादन थाल्ने

Kumari bank ad

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । धेरै जसो जलविद्युत् आयोजनाका प्रवद्र्धकहरु सुगम क्षेत्रमा मात्रै जलविद्युत् आयोजना निर्माण गरिरहेको बेला अपि पावर कम्पनीले दार्चुला जिल्लामा नै गएर जलविद्युत् उत्पादन गर्न लागेको यो दोस्रो परियोजना हो ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा जोडिनेछ । सो सवस्टेशनको क्षमता १३२ केभी रहेको छ । सवस्टेशनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भईसकेको छ ।

अपि पावर कम्पनीले निर्माण गरेको यो ८ मेगावाट क्षमताको सो आयोजनामा नेपाल एसविआई बैंक र प्रभु बैक लिमिटेडको सयुक्त लगानी रहेको छ । कम्पनीको यी दुई आयोजनाबाट कूल १६.५ मे.वा उत्पादन गर्नेछ । यसअघि कम्पनीले ८ मेगावाट क्षमताको अर्को आयोजना निर्माण सम्पन्न गरी हाल सञ्चालन गरिरहेको छ ।

कम्पनीले यो आयोजना निर्माण पश्चात ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने तयारी गरेको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण कार्य समेत शुरु गरेको जनाएको छ । साथै सोलार आयोजना र माथिल्लो चमेलिया गरि ७०.५ मे.वा क्षमताको कम्पनी हुनेछ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ठ योगदान गर्दै आएको कम्पनीको हिसाबले अपि पावर कम्पनी विशष्ठि र महत्वपूर्ण कम्पनीको रुपमा स्थापित हुने विश्वास लिइएको छ ।

२०७५ मंसिर २० गते प्रकाशित

वि.सं.२०७५ मंसिर २० बिहीवार ०९:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...