back
NMB ad

बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधि अपनाउन गभर्नर नेपालको जोड

Kumari bank ad

काठमाडौं । बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिएफआइएन) ले आयोजना गरेको डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण सम्बन्धी अन्र्तराष्ट्रिय स्तरको एक दिने सम्मेलनको आज (आइतबार) उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवी नेपालले बैंक तथा वित्तीय संस्थाको आफ्नो सेवामा नवीनतम ल्याउन, ग्राहकहरुलाई छिटो तथा भरपर्दो सेवा प्रदान गर्न, नयाँ प्रविधि अपनाउनु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । उनले नयाँ प्रविधि भित्राउनुको साथै यसबाट उत्पन्न हुने समस्यालाई समाधान गर्न समेत बैंक तथा वित्तीय संस्थाहरु तयार रहनु पर्ने धारणा राखे ।

बिएफआइएनले यस्ता किसिमका सम्मेलन गरेकोमा हर्ष समेत व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरता गर्न सुझाव समेत गभर्नर नेपालले दिए । त्यसैगरी, बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेडका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै विश्वमा प्रबिधिको विकासले जनशक्ति व्यवस्थापनमा कस्तो अवधारणा अपनाउने, यस २१औ शताब्दी सम्म आइपुग्दा सम्म सुचना तथा संचार क्षेत्रमा भएका नविनतम आविष्कारसँगै रोजगारीको आयामहरुमा परिवर्तन आउँदै गरेको अबस्थामा भावी दिनहरुमा हुन सक्ने परिवर्तन र त्यस्ता परिवर्तनसँग मानवस्रोतको रुपान्तरण कसरी गर्ने भन्ने जानकारी गराउने यस सम्मेलनको मुख्य उद्धेश्य रहेको जानकारी गराए ।

यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरुका संचालकहरु, उच्च पदस्थ कर्मचारीहरु, मानव संसाधन विभाग प्रमुखहरु र कार्यरत कर्मचारीहरु, सुचना तथा संचार विभागका प्रमुखहरु र कर्मचारीहरु, उद्योगी व्यवसायीहरु को ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास उनले व्याक्त गरे । साथै, उनले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभएका गर्भनर लगायत भारतबाट आएका वक्ताहरु तथा सम्पूर्ण उपस्थित लाई धन्यवाद व्यक्त गरे ।

२०७५ पौष ८ गते प्रकाशित

वि.सं.२०७५ पुस ८ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...