back
NMB ad

गोलीसहित पक्राउ परेका ल्हारक्याललाई ५ दिन थुन्न अदालतको आदेश

Kumari bank ad

काठमाडौँ । १४ थान गोलीसहित पक्राउ परेका सांसद ल्हाक्याल लामालाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनका क्रममा इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्ने क्रममा गोली भेटेपछि प्रहरीलाई बुझाएको थियो ।

प्रहरीले हातहतियार खरखजना ऐन अन्तरगत मुद्धा चलाउन अनुसन्धानका लागि १० दिन म्याद माग गरेको थियो । प्रशासन स्रोतकाअनुसार ५ दिन म्याद दिएको हो।

 

गोलीसहित पक्राउ परेका ल्हारक्याल जिल्ला अदालतमा

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका एमाओवादी सांसद ल्हारक्याल लामा १४ थाना गोली सहित पक्राउ परेका छन् ।

लामालाई अख्तियारले छानविनकै क्रममा आइतबार दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको लामाको लकर खोल्न बोलाएको थियो । अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार लकर खोल्दा १४ थान गोली भेटिएको हो । बैंकमा रहेको लकर खोल्न ल्हाक्याललाई अख्तियारमा बोलाइएको थियो । तर, बैंकमा पुगेर उनको नाममा रहेको लकर खोल्दा सुनचाँदीको साटो गोली फेला पर्‍यो पुस्करले भने ।

गोली फेला पर्न साथ अख्तियारको टोलीले साथमै रहेका लामालाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा जिम्मा लगाएको थियो । उनलाई  टेकु पुर्याइएको थियो  ।

उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्र्तगत अनुसन्धान सुरु गरिएको परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए । अहिले प्रहरी हिरासतमा राख्ने म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

३० फागुन २०७२

वि.सं.२०७२ फागुन ३० आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...