back
NMB ad

आजै किन्नुहोस्, सेन्चुरीको बैंकको १८ लाख ७० हजार कित्ता सेयर लिलामी खुल्यो

Kumari bank ad

काठमाडौं । सेञ्चुरी बैंकले आजदेखि निकै ठूलो परिमाणमा नबिकेको सेयरको लिलामी खुलाएको छ । यो बैंकले हकप्रद सेयर निश्कासनको क्रममा बिक्री नभएको १८ लाख ७० हजार २ सय ७४ कित्ता सेयर लिलामीमा राखेको हो ।

लिलामीमा न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । नेप्सेमा सेन्चुरीको बिहीबारको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता १७२ रुपैयाँ छ । यसमा न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिन्छ ।

लिलामी भर्ने अन्तिम म्याद पुस २५ गते तोकिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमडौं तथा सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकले यसअघि ४० प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । सोही क्रममा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । दोश्रो बजारमा सेञ्चुरीको साधारण सेयरको अन्तिम बिक्री मूल्य रु १७२ र संस्थापक सेयरको प्रतिकित्ता मूल्य रु. १४५ रहेको छ ।

२०७५ पौष १८ गते प्रकाशित

वि.सं.२०७५ पुस १८ बुधवार १४:२२ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...