back
NMB ad

जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रर्दशनी सम्पन्न

Kumari bank ad

काठमाडौं । गत पुस १३ गतेवाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आज एक कार्यक्रमका विच सम्पन्न भएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको उपस्थितिमा आज समापन गरिएको हो । “राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने मूलनाराका साथ सम्पन्न प्रदर्शनीमा देशभरका विभिन्न साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १९१ वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहेका थिए ।

उक्त प्रदर्शनीमा बिभिन्न सेलिब्रेटी, व्यबसायी, नेता, नियमक निकायका प्रतिनीधि लगायत १ लाख ५० हजार अबलोकन कर्ताले अबलोकन गरेको आयोजकले बताएको छन् । प्रर्दशनिको अन्तिम दिन आयोजन भएको समापन कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा उत्पादित जुत्ता आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यावसायिकरुपमा लागिपरेको बताए । “हाम्रो पछिल्लो उत्पादन र उपभोगलाई हेर्दा क्रमशः आत्मनिर्भर बन्दै गएका छौँ, मागको ६० प्रतिशत धान्न सक्ने भएका छौ, यसले के सन्देश दिन्छ भने नेपाल जुत्तामा आत्मनिर्भर बन्दैछ ।”

उपभोक्ता, सरकार र सञ्चारमाध्यमको सहयोगले नै आफूहरुको सफलता मिलेको उनको भनाइ छ । उत्पादित जुत्तामध्ये कच्चा पदार्थको आयात र चुनौती बन्दै गएको छ । आधुनिक निर्माण सामग्री, आवश्यक दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा जुत्ता चप्पल व्यवसायले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।

उक्त समापन कार्यक्रमका प्रमुख अतिथी चन्द्र कुमार घिमिरेले बोल्दै, ‘यो औद्योगिक प्रदर्शनिले उपभोक्ता र व्यबसायी बिचको दुरी कम गरेको छ । प्रर्दशनिको स्तर बढ्दै गएको देख्दा खुसी लागेको र आगामी दिनमा पन अझै सुधार गर्दै जान सुभकामना समेत दिनुभयो । साथै, आगामी दिनमा प्रर्दशनिलाई सहयोग गर्ने बाचासमेत गर्नु भयो ।

२०७५ पुष २० गते प्रकाशित

वि.सं.२०७५ पुस २० शुक्रवार १२:०६ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...