back
NMB ad

तामाकोशीको सेयर बेच्ने भन्दा किन्ने बढी, एकैदिन २३ रुपैयाँले बढेर २५८ पुग्यो

Kumari bank ad

काठमाडौं । तामाकोशीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने बढी देखिएका छन् । खरिद कर्ता बढी देखिएपछि तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २५८ सम्म पुगेको छ ।

एकै दिन २३ रुपैयाँले बढेको छ । न्यूनतम प्रतिकित्ता २३५ रुपैयाँमा कारोबार भएको तामाकोशीको सेयर मंगलबार बजार बन्द हुने बेलामा प्रतिकित्ता २५८ मा कारोबार हुन पुग्यो । ब्रोकरहरु तामाकोशीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने बढी देखिएकाले उक्त कम्पनीको सेयर मूल्य पनि बढन पुगेको बताउँछन् ।

तामाकोशीको सेयर मूल्य बढेकाले समग्र पुँजी बजार मापक नेप्से पनि १७.५१ बिन्दुले बढेर ११९५.५४ विन्दुमा पुगेको छ । तामाकोशीको सेयरको मूल्य बढेपछि जलविद्युत् उपसमूहको सूचक ५२.७७ विन्दुले उकालो लाग्न पुग्यो ।
आइतबारदेखि कारोबार सुरु भएको तामाकोशी जलविद्युत कम्पनीको सेयर कारोबार तेस्रो दिन नै बढेर प्रतिकित्ता २५८ रुपैयाँ पुगेको हो ।
तामाकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर दोस्रो बजारमा सूचिकृत भएपछि सेयर किनबेच हुँदै आएको छ ।

२०७५ माघ २ गते प्रकाशित

वि.सं.२०७५ माघ २ बुधवार १०:२२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...