back
NMB ad

मेगा बैंकको एकैदिन १८ वटा नयाँ शाखा उद्घाटन

Kumari bank ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका १८ वटा शाखाले आइतबार एकैदिन औपचारिक रुपमा कारोबार सुरु गरेका छन् । ४ वटा नगरपालिका र १४ वटा गाउँपालिकामा विस्तारित १८ वटा नयाँ शाखाको आइतबार एकैदिन उद्घाटन गरिएको हो । जसमध्ये नगरपालिकाहरुमा तनहुँको भानु, रुपन्देहीको सैनामैना, सिराहाको लहान र स्याङ्जाको भीरकोटमा मेगा बैंकको नयाँ शाखाले आइतबारबाट औपचारिक कारोबार शुभारम्भ गरेका छन् । भानु नगरपालिकाका मेयर उदयराज गौलीले भानु शाखा, सैनामैना नगरपालिका मेयर चित्रबहादुर कार्कीले सैनामैना शाखा, लहान नगरपालिकाका मेयर मुनी साहले लहान शाखा र भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले भीरकोट शाखाको उद्घाटन भयो ।

यसैगरी, शाखा विस्तार भएका १४ वटा गाउँपालिकामा धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती रहेका छन् । त्रिपुरासन्दुरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले त्रिपुरासुन्दुरी शाखा, भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले भीमसेन शाखा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु शाखा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती शाखा, पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टासी लामा ह्याल्मोले पाँचपोखरी शाखाको उद्घाट्न गर्नुभयो ।

यस्तै, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामनगर शाखा, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले विष्णुपुर शाखा, लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवले मेगा बैंकको लक्ष्मीनियाँ शाखा, कुम्यायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले कुम्मायक शाखा, रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले रोङ शाखा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले खिजिदेम्बा शाखा, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले रौतामाई शाखा, गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले गेरुवा शाखा र ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले मेगा बैंकको ऐरावती शाखाको उद्घाटन गर्नुभयो । यसअघि गत बिहीबार धादिङको ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा उद्घाटन गरिएको थियो ।

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको छ । ‘ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको योजना अनुरुप हामीले दुरदराजमा हाम्रा सेवाहरुलाई विस्तार गरिरहेका छौँ । वित्तीय पहुँच र समावेशिताको माध्यमबाट नेपालीहरुको जीवनस्तर उकास्न मेगा बैंक सदैव कटिबद्ध छ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भन्नुभयो, ‘हामीले नयाँ शाखा विस्तारसँगै गुणस्तरीय बैंकिङ सेवालाई पनि प्राथमिकतामा राखेका छौँ ।’

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

२०७५ माघ २१ गते प्रकाशित

वि.सं.२०७५ माघ २१ सोमवार ११:१५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...