back
NMB ad

पालुङमा यात्रु प्रतिक्षालय निर्माणमा कृषि विकास बैंकको सहयोग

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले मकवानपुरको पालुङमा यात्रु प्रतिक्षालय निर्माणमा आर्थिक सहयोग गरेको छ । थाहा नगरपालिकाको ओखरबजारमा कृषि विकास बैंंकको रु. एक लाख तथा स्थानियको सहयोगरजनश्रमदानबाट निर्माण भएको यात्रु प्रतिक्षालयको गत शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख लबशेर विष्ट र बैंकको क्षेत्रीय कार्यालयका निर्देशक बाबुकाजी थापाले संयुक्त रुपमा उदघाटन गरे ।

स्थानिय राजनैतिक नेता तथा भद्रभलादमीहरुको व्यापक सहभागीता रहेको उक्त कार्यक्रममा नगर प्रमुख विष्टले कृषि विकास बैंकले कर्जा तथा विभिन्न प्रकारको बैंकिंग सेवाबाट स्थानिय जनताको मन जित्न सफल भएको र नगरको एक मात्र पहिलो प्रतिक्षालय निमार्णमा गरेको सहयोगले गाडीको प्रतिक्षामा रहेको यात्रुलाई सहज बनाएको बताउँदै आगामी दिनमा यस्तै प्रकारका अन्य विकास निर्माणका कार्यक्रममा हातेमालो गरी अगाडी बढन नगरपालिका तयार रहेको बिचार व्यक्त गरे ।

बैंकका क्षेत्रीय निर्देशक थापाले यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्दै स्थानिय जनतालाई बैकले ल्याएको विभिन्न अत्याधुनिक सुविधा उपभोग गर्न अनुरोध गरे । उक्त कार्यक्रममा बैंकका वित्त तथा लेखा विभागका विभागिय प्रमुख यज्ञप्रकाश न्यौपाने, शाखा पालुंगका प्रबन्धक लगायत सम्पुर्ण कर्मचारी, उपमेयर खड्ग गोपाली, उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा प्रतिक्षालय निर्माणमा सहयोग गर्ने बैक तथा अन्य दाताहरुलाई सम्मान स्वरुप प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

२०७५ माघ २१ गते प्रकाशित

वि.सं.२०७५ माघ २१ सोमवार ११:३६ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...