back
NMB ad

प्राइम कमर्सियल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, १ अर्ब ६ करोड

Kumari bank ad

काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा खुल मुनाफा १ अर्ब ६ करोड रुपैयाँ कमाएको छ । गतबर्षको सोहिअवधिको तुलनामा ३३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा प्राइम कमर्शियल बैंकले ७९ करोड २२ लाख रुपैयाँ कमाएको थियो ।

आज (आइताबार) प्रकाशित वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ अर्ब २२ करोड १२ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले यस अवधिमा निक्षेप ७६ अर्ब ७२ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ भने ७२ अर्ब ६० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ५२ दशमलव २३ प्रतिशतले वृद्धि गरी १ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३९ दशमलव ५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ५१ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अर्थात निष्कृय कर्जा १.५८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२.६८ प्रतिशत, प्रतिशेयर आम्दानी २६.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.४२ गुणा र आधार ब्याजदर १०.१७ प्रतिशत रहेको छ ।

२०७५ माघ  २७ गते प्रकाशित

वि.सं.२०७५ माघ २७ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...