back
NMB ad

दुवै मिर्गौला फेल भएकी यशोदाको उपचारमा सहयोगको याचना

Kumari bank ad

सिन्धुली । दुवै मिर्गौला बिग्रिएर जीवनमरणको दोसाँधमा पुगेकी सिन्धुली जिल्ला दुधौली नगरपालीका वडा नं. २ की यशोदा खड्को उपचारका लागि सहयोग गरिदिन उनका बुबा लालबाहादुर खड्काले आग्रह गरेका छन् । दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी सिन्धुलीको दुधौली नगरपालीका वडा नं. २ नयाँ टोलकी २३ वर्षीय यशोदाको किड्नी प्रत्यारोपण गर्न आवश्यक रकम जुटाइदिन उनका बुवाले आग्रह गरेका हुन् । करिव नौ महिनाअघि दुवै किड्नी बिग्रिएपछि सातामा दुईपटक डाइलाइसिस गराइरहेकी छिन्।

शुरुमा गाउँमा समान्य रोगको उपचार गराएपनि व्यथाले च्याप्र्दै गएपछि विरगञ्जको नेशनल मेडिकल कलेज, त्यसपछि काठमाडौको ओम अस्पताल हँुर्दै हाल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारार्थ छिन् । यशोदाको उपचार गराउदा अहिलेसम्म २० लाख रुपिया सकिएको छ । अहिले यशोदाको ऋण सापट गरेर जेनतेन निरन्तर डाइलाइसिस गराइरहेको विरामी यशोदाका बुवा लालबाहादुरले बताए । निम्न आर्थिक अवस्था भएका खड्का अहिले आर्थिक अवस्था कमजोर भएपछि चिन्तीत छन् ।

विरामी यशोदाले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरेकी हुन् । । थप जानकारीका लागी विरामीका बुवा लालबहादुरलाई ९८४४१३९७४५ नम्वरमा फोन गरी जानकारी लिन सकिने छ ।

२०७५ फागुन १४ गते प्रकाशित

वि.सं.२०७५ फागुन १४ मंगलवार १२:२१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...