काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको फागुन २७ गते सोमबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ। नेप्सेले आशा लघुवित्तको शेयरलाई कारोबार गर्न ‘एएलबीएसएल’ कारोबार संकेत प्रदान गरेको छ । यहि कोडमा अब कम्पनीको शेयर खरिद बिक्री हुनेछ।सोमबार यसको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको छ । आशाको सुरुवाति कारोबारका लागि नेप्सेले प्रतिकित्ता १०० रुपैयाँ ५ पैसादेखि ३०० रुपैयाँ १५ पैसासम्म रेन्ज तोकिदिएको थियो ।
कम्पनीले आइतबार २० लाख ७४ हजार कित्ता कत्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । यसले माघ १८ देखि २२ गतेसम्म बिक्री गरेको ६ लाख ७४ हजार कित्ता आइपीओे पनि सूचीकरण गराएको हो । उक्त आइपीओ ६२ हजार ९९३ जना लगानीकर्तालाई १० कित्ताको दरले बाँडफाँट गरिएको थियो ।
लघुवित्तको खुद मुनाफा चालु आर्थिक वर्षमा २ करोड ७५ लाख ६० हजार रुपैयाँ आर्जन हुने र वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ २९ पैसा तथा प्रतिशेयर नेटवर्थ चालु आवमा १०५ रुपैयाँ २३ पैसा पुग्ने कम्पनीको प्रक्षेपण रहेको छ ।
२०७५ फागुन २७ गते प्रकाशित
वि.सं.२०७५ फागुन २७ सोमवार ११:५५ मा प्रकाशित