काठमाडौं । नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांश दिने भएको छ । कोषले २२ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट यो लाभांश दिने निर्णय गरेको हो । आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले यो लाभांश पाउनेछन् ।
२०७५ फागुन २९ गते प्रकाशित
वि.सं.२०७५ फागुन २९ बुधवार १२:०२ मा प्रकाशित