back
NMB ad

प्रधानमन्त्री ओलीद्वारा न्याम्सको उपकुलपतिमा साहलाई नियुक्त

Kumari bank ad

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गर्नुभएको छ ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई आज नियुक्त गर्नुभएको हो । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि आजै नियुक्ति गर्नुभएको छ ।

जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य,पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार,सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार बर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।


सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा बीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । “५सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको बीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले बरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निदेर्शन दिनुभएको छ । “सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न आग्रह गर्नुभएको छ । “डाक्टर नर्सले बिरामीप्रति मायालु व्यबहार गर्नुहोस ,तपाईंको व्यबहारले बिरामीले राहात महसुष गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

२०७५ चैत ३ गते प्रकाशित

वि.सं.२०७५ चैत ३ आइतवार १६:१० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...