back
NMB ad

स्प्यारो एसएमएस दशौँ वर्षमा, १८०० भन्दा बढीलाई मोबाईल मेसेजिङ सेवा प्रदान गर्दै

Kumari bank ad

काठमाडौं । मोबाईल मेसेजिङ सेवा मार्फत व्यक्तिमाझ सूचना प्रवाह गर्दै आएको कम्पनी स्प्यारो एसएमएस आजदेखि नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा कम्पनीले डेढ करोड बढी प्रयोगकर्तालाई एसएमएस सेवा प्रदान गर्न सफल भएको छ । हाल १८०० भन्दा बढी संस्था तथा कम्पनीहरुले स्प्यारो एसएमएसको बल्क एसएमएस (एकै पटक धेरैलाई एसएमएस पठाउने) सुविधा लिएर सेवा प्रदान गरिरहेको छ ।

जानकि टेक्नोलोजी प्रालिले यसरी एकै पटक धेरैलाई मोबाइल सन्देश पठाउने सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २०१० मा स्प्यारो एसएमएस सेवाको सुरुवात गरेको थियो । अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा सन्देश प्रवाह गर्ने एउटा सहज माध्यम बनेको छ । कुनै पनि सूचनालाई भिन्दाभिन्दै जानकारी गराउन धेरै समय लाग्ने अवस्थाबाट पनि बल्क एसएमएस सेवाले सहजता प्रदान गर्छ । यसबाट सजिलैसँग थोरै समयमा धेरैलाई जानकारी पुर्याउन सकिन्छ ।

स्प्यारो एसएमएसले नेपालका विभिन्न सरकारी संस्थाहरू, स्थानीय सरकारहरू, बैंक र वित्तीय संस्थाहरू, विद्यालय तथा कलेजहरुका साथै नेपालका विभिन्न प्रसिद्ध ब्रान्डहरूलाई एसएमएस सेवा प्रदान गर्दै आएको छ । साथै, स्प्यारो एसएमएसले मोवाइलमा सन्देश पठाएर तरकारीको होलसेलररिटेल मूल्य, वैदेशिक रोजगारीमा आफ्नो अनुमति पत्रबारे सूचना, विभिन्न परीक्षाको रिजल्ट लगायतका जानकारी उपलब्ध गराउँदै आएको छ ।

२०७२ वैसाखमा गएको विनासकारी भुकम्प र अन्य आपतकालिन क्षणमा पनि स्प्यारोले एसएमएस मार्फत तुरुन्तै सूचना प्रदान गरी उद्धार र राहत लगायतका कार्यमा योगदान पुर्याएको थियो । कम्पनीले केहि महिना अघि मात्रै यातायात व्यवस्था विभागसँग सहकार्य गरी सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको सुरुवात गरेको थियो ।

२०७५ चैत ११ गते प्रकाशित

वि.सं.२०७५ चैत ११ सोमवार ०८:४० मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...