back
NMB ad

हावाहुरीपीडितलाई गोर्खा इको प्यानलको सहयोग

Kumari bank ad

काठमाडौं । निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानल उत्पादन गर्दै आएको गोर्खा इको प्यानलले तराईका दुई जिल्लाका हावाहुरीपीडितको सहयोगार्थ ५० हजार रुपैयाँं सहयोग गरेको छ । चैत १७ गते आइतबार साँंझ प्रदेश नं २ को बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीबाट पीडित परिवारको सहयोगका लागि उक्त रकम सहयोग गरेको गोर्खा इको प्यानलले जनाएको छ ।
नेपाल इन्जिनियर्स एसोसियसनको खातामा जम्मा गरी उक्त रकम सहयोग गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए ।

कम्पनीले गोर्खा इको प्यानलको प्रयोग गरी घर बनाउन तथा पुननिर्माण गर्न चाहने पीडितहरुका लागि थप १० प्रतिशत छुटमा इको प्यानल विक्री गर्ने सीईओ दुवालले जनाए । सामाजिक उतरदायित्व वहन गर्ने क्रम अन्तर्गत सहयोग गरेको दुवालले जनाए । कम्पनीले समयसमयमा यस्तो सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गर्दै आएको उनले जनाए ।

तराईमा मच्चाएको हावाहुरीको वितण्डाले विशेष गरी बाराको पसौनी, फेटा र सुवर्ण गाउँंपालिकामा वढी प्रभावित पारेको थियो । पीडितलाई सहयोग गर्न नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रिय समितिले सरोकारवाला सवैलाई सार्वजनिक आग्रह गरेको थियो । एसोसिएसनको आग्रहपछि आफूहरुलाई सहयोग गरेको इको प्यानलले जनाएको छ । एसोसिएसनले यसका लागि सार्वजनिक रुपमै सवैसँंग आग्रह गरी सहयोग संकलन अभियान चलाउँंदै आएको छ ।

गोर्खा इको प्यानल इटाको विकल्पको रुपमा (भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) प्रयोग हुने निर्माण सामाग्री हो । यो भूकम्पप्रतिरोधी इको प्यानल हो ।

२०७५ चैत २१ गते प्रकाशित

वि.सं.२०७५ चैत २१ बिहीवार १२:१८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...