back
NMB ad

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पुनद्धारा बाग्मती जलाधारको स्थलगत अनुगमन

Kumari bank ad

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।
मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा.संजय शर्मासहित शनिवार परियोजनास्थल पुग्नुभएको हो । मन्त्री पुनले मन्त्रालयअन्र्तगतका जलविद्युत परियोजना र सिंचाईका आयोजनाको निरिक्षणका लागी विदाको दिन समेत अनुगमनमा निस्कदै आउनु भएको छ ।

उहाँले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको वारेमा आयोजनाका अधिकारीसँग छलफल गर्नुभएको हो । मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा भन्नुभयो ‘वाग्मती सम्पदासगँ जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्ने हुन्छ, यो नयाँ आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं ।’

मन्त्री पुनले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न निर्देशन दिनुभएको छ । वाग्मती सभ्यतासँग जोडिएको आयोजना भएकाले पनि यसमा सवैको चाँसो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिनु भयो ।

‘यो परियोजनामा सवैको चाँसो छ, काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ । त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ’, मन्त्री पुनले भन्नुभयो ।
उहांले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने भन्दै समयमै पुरा गर्ने तर्फ ध्यान दिन निर्देशन दिनुभयो ।

मन्त्री पुनले निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुले काम समय नगर्दा राज्य र सरकारमाथी प्रश्न उठ्को भन्दै जिम्मेवार वन्न चेतावनी दिनुभएको छ । वाग्मती मानव सभ्यतासँग जोडिएकाले पनि यसको संरक्षणका लागि लागि लाग्नुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको उक्त परियोजना सम्पन्न भइसकेपछि वाग्मती सफाईमा सहयोग पुग्ने विश्वास लिइएको छ । आयोजना प्रमुख नवराज सुवेदीकाअनुसार उक्त ड्याम निर्माण भईसकेपछि पानी जम्मा गरेर हिउँदमा बाग्मतीमा पठाउने तयारी छ ।

२०७५ चैत २४ गते प्रकाशित

वि.सं.२०७५ चैत २४ आइतवार १०:३३ मा प्रकाशित

You can share this post!

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...