back
NMB ad

नेशनल माइक्रोफाइनान्सद्वारा हावाहुरी पीडितलाई राहत वितरण

Kumari bank ad

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय मोतिसरले विनाशकारी हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ ।

कलैया उ.म.न.पा.वडा नं १८ मोतिसर स्थित शाखाले आफ्ना ग्राहकहरुलाई मोतिसरमा आवद्ध रहेका १८० जनाग्राहक सदस्यहरुलाई जनही चामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, तेल १ लिटर, मशाला १ प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको हो ।

राहतवितरण कार्यक्रमको प्रमुख अतिथी संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र सभापतिमा वडा नं १८ का वडाध्यक्ष अम्बिका प्रसाद यादव, अतिथीहरुमा समाजसेवी, विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजीवी नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखाकार्यालय सिम्रौनगढको शाखाप्रमुख जय प्रकाश मंडल, शाखा कार्यालय पोखरीयाको शाखा प्रमुख अजयशंकर साह लगायत ग्राहक सदस्य तथा अभिभावकहरु गरि करीब ४०० जनाको उपस्थिती रहेको थियो ।

राहतवितरण कार्यक्रमका प्रमुख अतिथी तथा संस्थाका प्रमुख कार्यकारी अधिकृति रामबहादुर यादवले संस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई हावाहुरीबाट पीडितलाई मलम लगाउने काम गरेको बताए । संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई कारोबार मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकको हकहितमा सधैंभरि विभिन्न कार्यक्रम गरेर लघुवित संस्थाहरु मध्ये एउटा छुट्टै पहिचान बनाएको छ ।

२०७५ चैत २५ गते प्रकाशित

वि.सं.२०७५ चैत २५ सोमवार १२:१५ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...