back
NMB ad

जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त

Kumari bank ad

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त हुनु भएको छ । जनता बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य बैकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त हुनुभएको हो । । जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त हुनुभएका शाक्यको विभिन्न बैक तथा वित्तीय संस्थामा दुई दशकभन्दा बढी लामो अनुभव रहेको छ ।

जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवं नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदान गर्न इजाजत प्राप्त संस्था हो ।

नेपाल धितोपत्र बोर्डबाट ईजाजत प्राप्त गरेसंगै जनता क्यापिटलबाट जनता बैंक नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरि सकेको छ भने यसबाहेक अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको छ । साथै, जनता क्यापिटलले लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका सेवाहरु समेत प्रदान गर्ने तयारी गरिरहेको छ ।

२०७६ बैशाख १६ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १६ सोमवार १२:२६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...