back
NMB ad

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार कम्पनीबीच सम्झौता

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दूरसंचार कम्पनी लिमिटेड बीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक (Payment Service Provider) पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सो समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको समुपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दूरसंचार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

समारोहमा नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका माननीय मन्त्री गोकुल बास्कोटा, मानीय सासंद ज्यूहरु, संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ग, फेडेरेसन अफ क्यानका अध्यक्ष हेमन्त चौरासीया, बैंंकका सूचना प्रविधि विभागका विभागीय प्रमुख देवेश लोहनी लगायतकोे उपस्थिती रहेको थियो ।

२०७६ बैशाख २० गते प्रकाशित

वि.सं.२०७६ वैशाख २० शुक्रवार ११:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१७

गलकोट (बागलुङ), १० जेठः वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै...

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०९

तेहरान, १० जेठ : हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका...

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०५

लुम्बिनी, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको...

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १० बिहीवार ११:५६

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको...