back
NMB ad

नबिल नारी उद्यमी सीड क्याम्प हुँदै

Kumari bank ad

काठमाडौं । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा नबिल नारी उद्यमी सीड क्याम्प हुने भएको छ । पुल्चोकस्थित इनोभेसन हाइभमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुवै संस्थाका प्रतिनिधिहरुले नबिल नारी उद्यमी सीड क्याम्पको आवेदन खुला गरिएको जानकारी गराए । विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पको यो महिला लक्षित संस्करण हो, जसमा कम्तिमा एक महिला सह संस्थापक रहेका २ देखि ४ जनाको समूहले आफ्नो नविन सोच सहित आवेदन दिन सक्नेछन् ।

आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने उक्त कार्यक्रममा स्थापित उद्यमीहरु र दक्ष प्रशिक्षकहरुले एक हप्ता लामो उद्यमशिलता बिकास तालिम दिने छन् । यसरी तालिम सिद्ध्याएका सहभागीहरु अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्ने छन् र एक महिनापछिको डेमोडेमा लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत गर्ने छन् । यो संस्करणमा जम्मा २० वोटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनोट भई अर्को चरणमा जाने छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहका अनुसार यो कार्यक्रम यही बसेर केही गर्छु भन्ने सपना देखि संकल्प गर्ने युवाहरुको लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर हो जसले विशेसत नेपालका कुना कन्दरामा रहेका यस्ता व्यावसायिक सोच राखेका महिला दिदी वहिनीलाइ आफ्नो सोच अगाडी बढाउन सहयोग गर्छ । त्यस्तै शाहले उद्यमी इनोभेसनसगँ यो पहिलो सहकार्य भएतापनि कार्यक्रमले गति लिंदै जाँदा नबिल बैंक यस्तो कार्यक्रम आउने दिनमा सातै प्रदेशमा लान इच्छुक रहेको जनाए । उद्यमी इनोभेसनका शरद केसीले उद्यमी सीड क्याम्प आफ्नो सोचलाई व्यावासाएमा बदल्ने प्लेटफर्म रहेको र यसले आफ्नो सोचलाई परिक्षण गर्न, परिस्कृत गर्न र सुरुवात गर्न सघाउने बताए ।

तेस्तै उद्यमी इनोभेसनको प्रोग्राम कोअडिनेटर प्रभा तिमल्सिनाले कार्यक्रमको विस्तृत जानकारी दिंदै अबको एक महिना सम्म आवेदन समय रहेको यस कार्यक्रममा जेठ ३० देखि असार ३ सम्म बूटक्याम्प हुने र एक महिनाको प्रोडक्ट डेव्लप्मेन्ट पश्चात जुलाई १९ मा डेमोडे हुने जानकारी दिइन । नबिल बैंकको नबिल नारि कार्यक्रम मार्फत यस कार्यक्रम बाट प्रशिक्षित सहभागीहरुलाई थप सहयोग पनि गर्न सकिने कुरा बैंकका अन्य प्रतिनिधिले राखे ।

२०७६ बैशाख २७ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १३:५६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...